रास्वपाले भन्यो : भदौ २३ को जेन-जी आन्दोलनमा गयौँ, २४ गतेको तोडफोड र आगजनीमा सहभागी भएनौँ « Khabarhub

रास्वपाले भन्यो : भदौ २३ को जेन-जी आन्दोलनमा गयौँ, २४ गतेको तोडफोड र आगजनीमा सहभागी भएनौँ


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि पार्टीले सरकारलाई सहयोग गर्ने जनाएको छ ।

मंगलबार पार्टी कार्यालय बनस्थलीमा सञ्चारकर्मीसँगको छलफलमा रास्वपा प्रवक्ता मनिष झाले जेन-जी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीका घटनामा रास्वपाका नेताहरूलाई मुछिएको भन्दै छानबिनका लागि सरकारलाई सहयोग गर्ने बताए ।

प्रवक्ता झाले भाद्र २३ गते भएको जेनजी आन्दोलनमा रास्वपा नेता कार्यकर्ताहरूको सहभागिता तुलनात्मक रुपमा सबैभन्दा बढी रहेको स्वीकारे ।

भदौ २४ गते भएको तोडफोड तथा आगजनीका घटनामा रास्वपा नेता कार्यकर्ताहरूको कुनै सहभागिता नरहेको उनले बताए ।

उनले आन्दोलनका क्रममा नख्खु कारागारमा समेत आगजनी हुने सम्भावना देखेपछि आफू त्यहाँ पुगेको बताए ।

तर आन्दोलनकारीको अगुवाका रुपमा सहभागी भएको भन्ने कुरामा सत्यता नरहेको उनले बताएका छन् ।

उनले लामिछानको सुरक्षाको जिम्मा लिन कारागारले भनेपछि आफूहरूले जिम्मा लिएको जिकिर गरे ।

प्रवक्ता झाले सुमना श्रेष्ठ लगायतका नेताले पार्टी छाडेकोप्रति समीक्षा गर्दै अहिलेसम्मको योगदानको सम्मान गर्ने निर्णय भएको बताए ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ५ : ५९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको