चुच्चे नक्सामुनि भारतीय राजदूत र अर्थमन्त्री खनालबीच वार्ता, सहयोग निरन्तर रहने वचन « Khabarhub

चुच्चे नक्सामुनि भारतीय राजदूत र अर्थमन्त्री खनालबीच वार्ता, सहयोग निरन्तर रहने वचन


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच मंगलबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको छ ।

दुईजनाबीच सिंहदरबारमा समसामयिक विषयमा लामो संवाद भएको हो । रोचक त के छ भने अर्थमन्त्री खनालले आफ्नो कार्यकक्षमा राखेको लिम्पियाधुरा र कालापानी समेटिएको चुच्चे नक्सामुनि भारतीय राजदूतसँग संवाद गरेका छन् ।

उक्त चुच्चे नक्सालाई अझै पनि भारतले मान्यता दिन मानेको छैन । नेपालले आफ्नो क्षेत्र भनिरहेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको चुच्चे नक्साबारे भारतले कूटनीतिक रुपमा अस्वीकार गरिरहेको छ ।

उता उत्तरी छिमेकी चीनले पनि नेपाली भूमि लिपुलेक हुँदै व्यापार गर्न भारतसँग सम्झौता गरेको छ। चिनियाँ राजदूत छन सोङसँग पनि खनालले चुच्चे नक्सामुनि नै संवाद गरेका छन् ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सांघाई शिखर सम्मेलनमा सहभागी हुने क्रममा लिपुलेक नेपाली भूमि भएकाले भारत-चीन सहमति स्वीकार्न नसकिने बताएका थिए । उक्त कुरा राखेपछि गत भदौ ३१ गतेदेखि हुने भनिएको ओलीको भारत भ्रमण अनिश्चिततामा धकेलिएका बेला जेन-जी आन्दोलनका कारण ओलीले भदौ २४ गते राजीनामा दिए ।

चुच्चे नक्सामुनि भएको वार्तामा भारत सरकार नेपालमा जेन-जी आन्दोलनबाट बनेको सरकारलाई सहयोग गर्न तयार रहेको कुरा राजदूतले बताएका थिए । उनले विगतदेखिका विकास निर्माणका कामलाई पनि निरन्तरता दिने गरी सहयोग कायमै राख्ने बताएका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ६ : ११ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार