आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस् | Khabarhub Khabarhub

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज ८ गते बुधबार। आश्विन शुक्ल पक्षको तृतीया तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २४ तारिख । नवरात्रको तेस्रो दिन । चन्द्रघण्टा देवीको पूजा ।

हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्ण अवतार) को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।

बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ

-हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।
-बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
-बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ।
-जसको कुण्डलीमा बुध ग्रहको दोष छ उसले बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ५ : २२ बजे

काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १० यात्रु घाइते

काठमाडौं – काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना भएको

प्रभावकारी सेवाका लागि दरबन्दी मिलान गरिने

काठमाडौं– सरकारले कार्यबोझ बढी भएका निकायमा प्रभावकारी सेवा उपलब्ध गराउने

वीरगञ्ज नाका हुँदै दुई महिनामा सात अर्बका सवारीसाधन भित्रिए

पर्सा– चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट सात

टेम्केमैयुङका दश दलित परिवारलाई सरकारले बनाइदियो घर

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–९ का दलित परिवारले नयाँ घर पाएका छन्

मुग्लिन–नारायणगढको वैकल्पिक सडक

तनहुँ– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले