एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी « Khabarhub

एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले श्रीलंकाविरुद्ध पाँच विकेटको जित निकालेको छ । गएराति भएको खेलमा टस जितेर सुरुमा फिल्ड रोजेको पाकिस्तानले पाँच विकेटको जित हात पारेको हो । सुरुमा ब्याटिङ गरेको श्रीलंकाले दिएको १३४ रनको लक्ष्य पाकिस्तानले १८ ओभरको समाप्तिमा १३८ रन बनाउँदै भेट्टाएको हो ।

सुरुमा ब्याटिङ गरेको श्रीलंकाले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३३ रन बनाएको थियो । उसका लागि कामिन्दु मेन्डिसले अर्धशतक बनाए । उनले ४४ बलको सामना गरेर ५० रन जोडेका हुन् । अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन् । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले तीन विकेट हात पारे ।

१३४ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानका लागि साहिबजादा फारहानले २४ रन बनाए । फखर जमानले १७ रन जोडे भने हुसेन तलताले ३२ रन थपे । पाकिस्तानका लागि आक्रामक ब्याटिङ गर्दै मोहम्मद नवाजले २४ बलमा नटआउट ३८ रन बनाए ।

१३४ रनको लक्ष्य पाकिस्तानले १८ ओभरको समाप्तिमा पाँच विकेट गुमाउँदै भेट्टाएको हो । यो जितसँगै पाकिस्तानले सुपर फोरमा दुई अंक जोडेको छ । सुपर फोरको पहिलो खेलमा भने पाकिस्तान भारतसँग ६ विकेटले पराजित भएको थियो । सुपर फोरमा आज भारतर र बंगलादेश भिड्दैछन्।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ६ : ०६ बजे

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत– कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण

सुकुम्वासी बालबालिकाको वर्तमान र भविष्य दुवै बर्बादीतिर

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग आश्रमको होल्डिङ सेन्टरको गेटमा हिलाम्मे कपडामा

सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ: गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार

तीन विद्यालयलाई शैक्षिक सहयोग

काठमाडौं– स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुल र प्राइम कमर्सियल बैंक लिमिटेडको

अमेरिकाको टेक्सासमा बारभित्र गुण्डागर्दी, नेपाली मूलका चार युवाविरुद्ध गम्भीर आक्रमणको मुद्दा

काठमाडौं/टेक्सास- अमेरिकाको टेक्सास राज्यस्थित इर्भिङ सहरमा रहेको एक रेस्टुरेन्ट तथा