मुग्लिन-नारायणघाट सडक : पहिरो हटाउन बुधबार दिनभर लाग्ने, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध « Khabarhub

मुग्लिन-नारायणघाट सडक : पहिरो हटाउन बुधबार दिनभर लाग्ने, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने भएको छ। मंगलबार दिउँसो झरेको पहिरो पन्छाउन बुधबार दिनभर जस्तो लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार बिहानै सूचना सार्वजनिक गर्दै जानकारी गराएको हो।

मंगलबार दिउँसो गएको पहिरो पन्छाउन समय लाग्ने जनाइएको छ। ‘तुइन खोलाको पुल नजिकै हिजो दिउँसो ४ः५० बजेतिर गएको ठुलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द हुन पुगेको छ’, सूचनामा भनिएको छ, ‘पहिरो पन्छाउनको लागि आज दिनभरजसो लाग्ने भएकोले उक्त सडक प्रयोग गर्नुहुने सम्पूर्ण सवारीधनी एवं यात्रु महानुभावलाई वैकल्पिक सडक प्रयोग गरिदिनुहुन अनुरोध गर्दछौं।’

तुइन खोलमा पहाडै खसेपछि एक सातादेखि नै उक्त सडक अवरुद्ध हुँदै आएको छ। सडक अवरुद्ध हुँदा दशैँ मनाउन हिँडेका लाखौं यात्रु बाटोमै अलपत्र परेका छन्।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ६ : ३६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको