मुग्लिन-नारायणघाट सडक : पहिरो हटाउन बुधबार दिनभर लाग्ने, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध « Khabarhub

मुग्लिन-नारायणघाट सडक : पहिरो हटाउन बुधबार दिनभर लाग्ने, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने भएको छ। मंगलबार दिउँसो झरेको पहिरो पन्छाउन बुधबार दिनभर जस्तो लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार बिहानै सूचना सार्वजनिक गर्दै जानकारी गराएको हो।

मंगलबार दिउँसो गएको पहिरो पन्छाउन समय लाग्ने जनाइएको छ। ‘तुइन खोलाको पुल नजिकै हिजो दिउँसो ४ः५० बजेतिर गएको ठुलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द हुन पुगेको छ’, सूचनामा भनिएको छ, ‘पहिरो पन्छाउनको लागि आज दिनभरजसो लाग्ने भएकोले उक्त सडक प्रयोग गर्नुहुने सम्पूर्ण सवारीधनी एवं यात्रु महानुभावलाई वैकल्पिक सडक प्रयोग गरिदिनुहुन अनुरोध गर्दछौं।’

तुइन खोलमा पहाडै खसेपछि एक सातादेखि नै उक्त सडक अवरुद्ध हुँदै आएको छ। सडक अवरुद्ध हुँदा दशैँ मनाउन हिँडेका लाखौं यात्रु बाटोमै अलपत्र परेका छन्।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ६ : ३६ बजे

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी