काठमाडौं – काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना भएको छ। दुर्घटनामा १० जना यात्रु घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका १ मा बस दुर्घटना भएको हो।
काठमाडौंबाट नेपालगन्जतर्फ जाँदै गरेको ग १ ख ९७०० नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
३५ यात्रु सवार बस सडक किनारमा पल्टिएको छ। दुर्घटनाका घाइतेको स्थानीय सञ्जीवनी अस्पतालमा उपचार भइराखेको छ। बस अनियन्त्रित भएर सडक किनारमा पल्टिएको हो।
प्रतिक्रिया