मदिरा सेवन नगरी सवारी चलाउन ऊर्जामन्त्री घिसिङको अनुरोध « Khabarhub

मदिरा सेवन नगरी सवारी चलाउन ऊर्जामन्त्री घिसिङको अनुरोध


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान सिघिङले मदिरा सेवन नगरी सवारी साधन चलाउन चालकलाई अनुरोध गरेका छन्। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका घिसिङले दशैँमा यात्रा गर्ने चालक र यात्रुलाई विशेष अनुरोध गर्दै यस्तो बताएका हुन्।

उनले भनेका छन्, ‘गति नियन्त्रणमा राख्नुहोस्, मदिरा सेवनपश्चात् कुनै हालतमा सवारी नचलाउनुहोस्, विश्राम लिएर मात्र लामो यात्रामा निस्कनुहोस्, यात्रुलाई आफ्नो परिवारझैँ सम्झेर सुरक्षित गन्तव्यसम्म पुर्‍याउनुहोस्।’

घिसिङले चालकसँगै यात्रुलाईसमेत विशेष अनुरोध गरेका छन्। उनले थप भनेका छन्, ‘तपाईंको जीवन र तपाईंको परिवार राष्ट्रको अमूल्य सम्पत्ति हो। त्यसैले यो पर्वमा घर फर्किँदा वा यात्रा गर्दा रमाइलो त पक्का गर्नुहोस्, तर हतार नगरी, सजग भई, नियम पालना गरेर यात्रा गर्नुहोस्।’

घिसिङले क्षमताभन्दा बढी सवारीमा चढेर आफ्नो जीवनलाई जोखिममा नपार्न अनुरोध गरेका हुन्। ‘चालकलाई दबाब नदिई शान्त र सुरक्षित यात्रा गर्न प्रोत्साहन गरौं,यात्राको क्रममा आवश्यक सुरक्षा र सावधानी अपनाऔं’, घिसिङले भनेका छन्।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ११ : २३ बजे

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय

सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

काठमाडौं – समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन

वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा