फरार ९१ जना थुनुवा अझै सम्पर्कविहीन | Khabarhub Khabarhub

फरार ९१ जना थुनुवा अझै सम्पर्कविहीन


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

झापा– विर्तामोड, दमक र झिलझिलेस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएको ९१ जना थुनुवा सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएपछि तीन कार्यालयको हिरासतमा रहेका ९२ जना थुनुवा फरार भएका थिए ।

फरार भएकामध्ये एक जना थुनुवा आफैँ सम्पर्कमा आएको र बाँकीको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए ।

जेनजी आन्दोलनका क्रममा विर्तामोडको अनारमनी इलाका प्रहरी कार्यालयबाट ५१ जना, दमक इप्रकाका ३६ जना र झिलझिले इप्रकाका पाँच जना थुनुवा फरार भएको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विर्तामोड र दमकको इलाका प्रहरी कार्यालयबाट लुटिएका हतियार भने अधिकांश फिर्ता भएका छन् । प्रहरीका अनुसार लुटिएका ९९ थान हतियारमध्ये ७५ थान सकुशल फिर्ता भइसकेका छन् भने २४ थान हतियार अझै फिर्ता भएको छैन ।

फिर्ता भएका हतियारमध्ये एसएलआर ११ थान, इन्सास राइफल २६ थान, थ्रीनटथ्री राइफल १८ थान, सट गन पाँच थान, ग्यास गन छ थान, रिभल्भर छ थान र एसएमजी तीन थान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फरार थुनुवा र लुटिएका हतियारको खोजतलास तीव्र रूपमा भइरहेको सूचना अधिकारी खड्काले बताए । (रासस)

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ११ : २७ बजे

करेन्ट लागेर एक जनाको मृत्यु

प्युठान– ऐरावती गाउँपालिका-६ ओखलढुङ्गा बस्ने ६० वर्षीय रूना सार्कीको करेन्ट लागेर

इटहरीमा गोली लागेर सान्तनुलाई अस्पताल पुगेर भेटे अर्थमन्त्रीले

विराटनगर- अर्थमन्त्री रामेश्वर खनालले गत भदौ २३ र २४ को

दशैँ तिहार अफर : भाटभटेनीबाट किनमेल गर्दा टाटा पन्च ईभी जित्ने अवसर

काठमाडौं– भाटभटेनीबाट दशैं, तिहार र छठको अवसर पारेर सपिङ गर्दा

कर्मचारीहरूको कार्यशैलीमा कडाइ गरी सेवा प्रवाह सुधार्न न्याम्सको निर्देशन 

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले सेवा प्रवाहमा

श्रीमती बचाउन गएका श्रीमानको पनि करेन्ट लागेर मृत्यु 

काठमाडौं– रूपन्देहीको गैडहवा गाँउपालिका-६ कानिजहवा बस्ने ७५ वर्षीय रामरतन सैठवार र उनकै