तुइनखोला नजिक खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने « Khabarhub

तुइनखोला नजिक खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोला नजिक खसेको पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने भएको छ ।

पहिरो पन्छाउनको लागि दुवैतर्फबाट निरन्तर रूपमा मेशिनहरू परिचालन गरिएको र पूर्ण रूपमा पन्छाउन बुधबार दिनभर लाग्ने सडक डिभिजन भरतपुरले जनाएको छ ।

मुग्लिन नारायणघाट सडक खण्डको तुईन खोला पुल नजिकै मंगलबार अपराह्न पाँच बजे गएको ठुलो पहिरोका कारण सडक आवागमन पुर्णरूपमा बन्द भएको छ ।

पहिरो पन्छाउन अझै समय लाग्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न समेत सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ । दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका छन् । 

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  १२ : १५ बजे

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको

मुस्ताङका होटल-पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

नेपालका दुई निजी स्वास्थ्य संस्था बङ्गलादेशमा सम्मानित

काठमाडौं– नेपालका निजी क्षेत्रका दुई स्वास्थ्य संस्थाले बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय