देउवा दम्पती डिस्चार्ज हुँदै, तत्काललाई ललितपुरमा बस्ने « Khabarhub

देउवा दम्पती डिस्चार्ज हुँदै, तत्काललाई ललितपुरमा बस्ने


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा देउवा बुधबार डिस्चार्ज भएर ललितपुर जाने भएका छन् ।

गत भदौ २४ गते जेन–जी आन्दोलनकारी नाममा उग्र समूहले बूढानीलकण्ठस्थित निवासमै कुटपिट र धारिलो हतियारले आक्रमण गर्दा दुवैजना घाइते भएका थिए ।

देउवा दम्पतीलाई भदौ २४ गते नेपाली सेनाले उद्धार गरेर सैनिक अस्पतालमा भर्ना गरेको थियो । जेन–जी प्रदर्शनकारीले देउवाको गर्धनमा धारिलो हतियारले प्रहार गर्दा १२ टाँका लगाउनुपरेको थियो ।

देउवाका स्वकीय सचिव भानु देउवाले दुवैजनाको स्वास्थ्यमा सुधार भएकाले उपचारमा संलग्न सैनिक अस्पतालका चिकित्सकको सल्लाहअनुसार डिस्चार्ज भएर ललितपुर लान लगिएको हो ।

जेन–जी आन्दोलनका क्रममा देउवा निवास बूढानीलकण्ठ जलाएर ध्वस्त बनाइएको छ । डिस्चार्जपछि देउवा दम्पतीले अब ललितपुरको सानेपा र जावलाखेलमध्ये एक ठाउँमा बस्ने भएका छन् ।

आरजुको माइती सानेपामा छ । जावलाखेलमा उनका भाइ भूषण राणाको निवास छ । ध्वस्त बनाइएको बूढानीलकण्ठको घर बनाउन लामो समय लाग्ने अवस्था छ।

त्यहीकारण देउवाले तत्काललाई ससुरालीको घरमा आश्रय लिन लागेका हुन् । उनीहरू सम्भवत: सानेपानजिकै झम्सिखेलमा बस्नेछन् ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  २ : ३० बजे

नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा सवारी

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने 

काठमाडौँ– नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रम आज

दलितसँग माफी माग्ने सरकारसँग डा. चमारको प्रश्न : कोठा खै ?

काठमाडौँ– ‘मधेशी चमार समुदायका छोरीचेलीहरु आज पनि गैरदलित तथा संम्भ्रान्त

आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीहरुले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को

शान्ति सम्झौता र गणतन्त्रका पक्षधरबीच मोर्चाबन्दी आवश्यक : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै