राष्ट्रिय महिला आयोगकी कृष्णकुमारीले आफैंलाई तोकिन् कार्यवाहक अध्यक्ष « Khabarhub

राष्ट्रिय महिला आयोगकी कृष्णकुमारीले आफैंलाई तोकिन् कार्यवाहक अध्यक्ष


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले अध्यक्ष कमला पराजुलीको अनुपस्थितिको कारण देखाउदै आफूलाई कार्यवाहक अध्यक्ष तोकेकी छिन् । 

अध्यक्ष पराजुली असोज ५ गतेदेखि आयोगमा अनुपस्थित रहेकाले कारण देखाउदै खतिवडाले कार्यवाहकको जिम्मेवारी लिएकी हुन् । खतिवडाले बुधबार आफूलाई कार्यवाहक तोकेकी हुन् । पराजुली उपस्थित नहुँदासम्म आफू कार्यवाहकका रुपमा काम गर्ने खतिवडाको भनाइ छ ।

राष्ट्रिय महिला आयोग ऐन, २०७४ अनुसार अध्यक्ष अनुपस्थित भए वरिष्ठ सदस्यले कार्यवाहकको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ । 

उनले प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छिन्, ‘राष्ट्रिय महिला आयोग ऐन, २०७४ को परिच्छेद ४ को दफा २० मा कुनै कारणवश अध्यक्षको पद रिक्त भएमा संविधानको धारा १०१ को उपधारा (६) बमोजिम आफ्नो पदको कार्य सम्पादन गर्न नपाउने भएमा, विदेश भ्रमणमा गएकोमा वा सात दिनभन्दा बढी समयसम्म बिदामा रहेकोमा आयोगमा आयोगको वरिष्ठतम सदस्य आयोगको कार्यवाहक अध्यक्ष भई काम गर्ने छ भनी लेखिएकोमा अध्यक्ष आयोगमा उपस्थित नहुँदा सम्मका लागि कार्यवाहक अध्यक्ष म सदस्य कृष्णकुमारी पौडेल खतिवडा नियम बमोजिम कार्यसम्पादन गर्ने जानकारी गराउँछु ।’

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  २ : ३१ बजे

नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा सवारी

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने 

काठमाडौँ– नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रम आज

दलितसँग माफी माग्ने सरकारसँग डा. चमारको प्रश्न : कोठा खै ?

काठमाडौँ– ‘मधेशी चमार समुदायका छोरीचेलीहरु आज पनि गैरदलित तथा संम्भ्रान्त

आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीहरुले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को

शान्ति सम्झौता र गणतन्त्रका पक्षधरबीच मोर्चाबन्दी आवश्यक : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै