प्रदेश संरचना खारेज हुँदैन : अर्थमन्त्री खनाल | Khabarhub Khabarhub

प्रदेश संरचना खारेज हुँदैन : अर्थमन्त्री खनाल


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

मोरङ– अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्नेसम्बन्धी कुनै सोच नरहेको स्पष्ट गरे । 

एक प्रश्नको जवाफमा मन्त्री खनालले अहिलेको अवस्थामा  एक हजार र ५०० को नोट प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल नभएको जानकारी दिए। 

भारत सरकारले लगाएको एकीकृत कर ‘गुड्स सेल्स ट्याक्स’ घटाएको सम्बन्धमा अध्ययन भइरहेको तथा उद्योग व्यवसाय एवं औद्योगिक प्रतिष्ठानमा क्षति पुग्ने अवस्था भए सुधार गरिने जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ३ : १२ बजे

अष्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ

सिड्नी – अष्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालको

तीन महिनादेखि खर्वाङ–सिसाखानी सडक अवरुद्ध, श्रमदानमा जुटे स्थानीय

बागलुङ – बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानी जाने खर्वाङ–सिसाखानी सडक असारयता

विश्वप्रकाश शर्मा भन्छन्: जेनजीको भावनाअनुरुप पार्टी परिमार्जन हुनुपर्छ

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ताको भावनाअनुरुप

न्याम्सद्वारा स्वास्थ्यकर्मी र कर्मचारीलाई १२ बुँदे आचारसंहिता जारी

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले शिक्षक, चिकित्सक र

मनास्लु आरोहण गर्ने अहिलेसम्मकै कान्छी आरोही छिरिङ

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँकी २२ वर्षीया छिरिङ