शाहरुख, विक्रान्त र रानीले पाए पहिलो पटक राष्ट्रिय फिल्म अवार्ड « Khabarhub

शाहरुख, विक्रान्त र रानीले पाए पहिलो पटक राष्ट्रिय फिल्म अवार्ड


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय सिनेमाका तीन चर्चित नाम शाहरुख खान, विक्रान्त मेस्सी र अभिनेत्री रानी मुखर्जीले यस वर्ष प्रतिष्ठित राष्ट्रिय फिल्म अवार्ड जित्दै आफ्नो करिअरमा नयाँ अध्याय लेखेका छन्। अभिनय विधामा प्राप्त यो अवार्ड यी तीनै कलाकारका लागि पहिलो हो, जसले उनीहरूको अभिनय यात्रा थप गौरवशाली बनाएको छ।

३३ वर्ष लामो अभिनय यात्रामा पहिलो पटक राष्ट्रिय अवार्ड जितेका शाहरुख खानलाई फिल्म जवानमार्फत यो उपलब्धि मिलेको हो। बेरोजगारी र किसानका मुद्दालाई समेट्दै सामाजिक सन्देश दिने यस फिल्ममा उनको दमदार अभिनयको सर्वत्र प्रशंसा गरिएको छ।

अभिनेता विक्रान्त मेस्सीले विधु विनोद चोपडाको निर्देशनमा बनेको टुवेल्थ फेल बाट राष्ट्रिय अवार्ड हात पारेका छन्। यो फिल्म आईपीएस अफिसर मनोजकुमार शर्माको वास्तविक जीवनकथामा आधारित छ। गरिब परिवारमा जन्मिएर सङ्घर्ष गर्दै प्रहरी अधिकृत बनेको मनोजको भूमिकामा विक्रान्तले देखाएको गहिरो अभिनय दर्शक र समीक्षक दुवैबाट प्रशंसा पाएको छ।

अभिनेत्री रानी मुखर्जीले भने मिसेस च्याटर्जी भर्सेस नर्वे बाट अवार्ड जितेकी छन्। सत्य घटनामा आधारित यस फिल्मले आप्रवासी भारतीय दम्पती र उनीहरूको सन्तानलाई लिएर भएको संघर्षलाई प्रस्तुत गर्छ। रानीले निर्वाह गरेको भावनात्मक र सशक्त अभिनयले दर्शकको मन जित्नुका साथै उनलाई राष्ट्रिय स्तरमा यो सम्मान दिलाएको छ।

साथै प्रसिद्ध दादासाहेब फाल्के पुरस्कार दिग्गज अभिनेता मोहनलाललाई प्रदान गरिएको छ। उनलाई पुरस्कार दिइँदा दर्शकहरूले उभिएर ताली बजाउँदै हृदयस्पर्शी सम्मान व्यक्त गरे।

भारतीय सिनेमामा उनको दशकौँ लामो योगदानलाई दर्शकहरूले कदर गरेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ५ : ५५ बजे

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको