‘राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल खुल्छन्’ « Khabarhub

‘राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल खुल्छन्’


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारको म्यान्डेट नै सुशासन भएको बताएका छन् ।

शुक्रबार नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अर्यालले उच्च राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै प्रकारका फाइलहरू खोलेर कारबाही अघि बढाउने पनि बताए ।

‘सबै फाइलको ब्रेक थ्रू हुन्छ। कतिपय ठाउँबाट राजनीतिक कनेक्सनका आधारमा जे कुरा रोकिएका थिए, त्यो हुँदैन अब’, उनले भने, ‘यो सरकारको म्यान्डेट नै सुशासन हो, सुशासनबिना शान्ति सुरक्षा हुन सकिँदैन ।’

मन्त्री अर्यालले केही राजनीतिक कनेक्सनका आधारमा सुशासनमा अवरोध आएको बताए । राजनीतिक कनेक्सनका आधारमा सुशासनमा आएको अवरोध हटाउनसमेत निर्देशन दिइसकिएको उनले बताए ।

कतिपय अपराध अनुसन्धान, भ्रष्टाचारलगायत विषयवस्तुमा अवरोध आएको बताउँदै उनले त्यो अवरोध हटाउन निर्देशन दिइएको पनि उल्लेख गरे ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १२ : १८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु