एमाले केन्द्रीय कार्यालय प्रबलीकरण गरेर बस्न मिल्ने | Khabarhub Khabarhub

एमाले केन्द्रीय कार्यालय प्रबलीकरण गरेर बस्न मिल्ने


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयको भवन प्रबलीकरण गरेर बस्न मिल्ने भएको छ । 

इन्जिनियरहरूले बुझाएको प्रतिवेदनमा जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको पार्टी कार्यालयको भवन प्रबलीकरण गरेर बस्न मिल्ने भएको एमाले केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । 

पार्टीले तोडफोड र आगजनीपछि इन्जिनियरलाई पार्टी कार्यालयमा बस्न मिल्ने वा नमिल्ने भनेर अध्ययन गर्न लगाएको थियो । उनका अनुसार सात कोठा ‘रेक्ट्रोफिट’ गर्न मिल्ने र एउटा छत काम नलाग्ने भएकाले पुनःनिर्माण गर्नुपर्ने इन्जिनियरहरूको सुझाव रहेको छ । 

‘इन्जिनियरहरूको प्रतिवेदनमा प्रबलीकरण गरेर कार्यालयको भवनमा बस्न मिल्ने भएको छ’, उनले भने, ‘बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकमा पनि पार्टी कार्यालयको भवनका विषयमा छलफल भएको छ, अब पार्टी कार्यालय त्यहाँ बस्ने कि अन्त बस्ने भन्नेमा पार्टीले चाँडै नै निर्णय गर्नेछ ।’

पार्टीको निर्वाचन विभागका प्रमुख आचार्यले आगजनी र तोडफोडबाट केन्द्रीय कार्यालयका सबै सामान जलेर नष्ट भएको बताए। उनले पार्टीले चाँडै नै केन्द्रीय कार्यालय भवनको प्रबलीकरण गर्ने जानकारी दिए । 

गत भदौ २४ गते भएको जेन-जीको आन्दोलनका क्रममा एमाले केन्द्रीय कार्यालयसहित देशभर ६४ पार्टी कार्यालयमा तोडफोड र १५८ भन्दा बढी नेता–कार्यकर्ताका निजी घर तथा व्यवसायसमेत क्षतिग्रस्त भएका जनाइएको छ । 

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १ : ०७ बजे

काज सरुवाको निर्देशन दरबन्दी शिक्षकमा मात्रै लागू हुने

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत

दशैं सुरु भएसँगै स्थानीय बजारमा बढ्यो चहलपहल

दोलखा– नेपालीहरूको मुख्य पर्व दशैं सुरु भएसँगै  जिल्लाका स्थानीय बजारमा

दसैँमा सुरक्षाका लागि जनकपुरमा १३४५ प्रहरी परिचालन

महेन्द्रनगर– दसैँलक्षित सुरक्षा योजनाअनुसार जनकपुरधाममा एक हजार ३४५ प्रहरी परिचालन

‘प्रधानमन्त्री कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल छैन’

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल नरहेको

व्यापारीको गुनासो- चिनियाँ पक्षले तातोपानी नाकाबाट नेपाली कन्टेनर ल्याउन दिएन

काठमाडौं– सिन्धुपाल्चोकको तातोपानी नाकाबाट चिनियाँ पक्षले नेपाली कन्टेनर नछाड्दा समस्यामा