सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–२०८२ जारी « Khabarhub

सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–२०८२ जारी


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–२०८२ जारी गरेको छ । 

प्राधिकरणले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड शुक्रबार नै जारी गरिएको जनाएको हो । 

सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण भई लन्च गर्ने तयारी भइरहेको र २०८२ असोज महिनाभित्रै दर्ता प्रक्रिया थालनी गरिने प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले जानकारी दिए । 

अभिलेखीकरण भएपछि विद्युतीय प्रणालीमार्फत नै सञ्चालन इजाजत पत्र जारी गरिने उनले बताए । प्राधिकरणबाट इजाजत प्राप्त भएपछि सहकारी संस्थाले प्रत्येक वर्षको श्रावण मसान्तभित्र नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको शर्माले जानकारी दिए । 

त्यस्तै प्राधिकरणले सहकारी संस्थाहरूको नियमाकीय परीक्षण गर्नका लागि नेपाल चार्टड एकाउन्टेन्टस् संस्थासँग समझदारी गरेको छ । सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन नेपाल चार्टड एकाउन्टेन्टस् संस्थासँग सहकार्य गरिएको अध्यक्ष शर्माले बताए  ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  २ : ४८ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा