जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा पूर्ववत सेवा प्रवाह « Khabarhub

जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा पूर्ववत सेवा प्रवाह


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दाङ– गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा दाङको तुलसीपुरस्थित आगजनीबाट क्षति भएका सरकारी कार्यालयले सेवा प्रवाह थालनी गरेका छन् । मालपोत कार्यालय तुलसीपुरले शुक्रबारदेखि पुनः सेवा सुरुवात गरेको हो ।

पहिलो दिन जग्गा रोक्का र फुकुवाको काम थालिएको छ । आगजनीका कारण क्षतिको भवन पुनः प्रयोग गर्न मिल्ने भएकाले अहिले भुइँ तलाबाट सेवा सुरु गरिएको भएपनि केही दिनमा माथिल्लो तलाबाट सेवा सुरु गर्ने कार्यालय प्रमुख खिमबहादुर खड्काले बताए ।

उनका अनुसार हाल बचेका श्रेष्ताको समेत काम हुनेछ । क्षतिभएकाको भने केन्द्रबाट निर्देशन आए अनुसार काम गर्ने उनको भनाइ छ । हाल साविक तुलसीपुर नगरपालिकासहित लाहुरे चौर, बयालेसिमतारा, बाघमारे, हलवार र मानपुरका श्रेष्ता बचेका छन् । अन्य सात वटाको आंशिक क्षति छ, भने एउटा पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

त्यस्तै इलाका प्रशासन कार्यालयले राहादानी र राष्ट्रिय परिचयपत्रको काम बाहेक अन्य काम सुचारु गरिसकेको छ । जलाइएको कार्यालयलाई मर्मत सम्भार गरी सेवा प्रवाह गरिएको प्रमुख महेश गुरुङले बताए । अब राहादानी र राष्ट्रिय परिचयपत्रको काम पनि केही दिनमा सुरु गर्ने तयारी रहेको उनको भनाइ छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपापालिकाले स्वास्थ्य उपचारसहित अन्य सिफारिशलगायतका काम सुरु गरेको नगर प्रमुख टीकाराम खड्काले बताए । उनका अनुसार उपमहानगरपालिकाको ट्रेड टावरको सीसामा पनि क्षति भएकाले त्यो सिसा मर्मत हुने वित्तिकै कार्यालय नै त्यतै सार्ने गरी तयारी भएको छ ।

पालिकाका दुईवटा भवन जलेका छन् । तीमध्ये पुरानो भवन प्रयोग गर्न मिल्ने अवस्थामा रहेको उनको भनाइ छ ।

त्यस्तै उच्च अदालत तुलसीपुरले पनि बन्दीप्रत्यीक्षीकरणका निवेदन दर्ता गर्ने कार्य गरिहेको छ । अन्य सेवा भने अझै सुरु हुन नसकेको अदालतका सूचना अधिकारी कृष्ण शर्माले जानकारी दिए । अदालतको इजलास निर्माण गर्ने काम तुलसीपुर उपमहानगरपालिकाले गरिदिने भएको छ । यसका लागि उपमहानगरपालिकाले बोलपत्रसमेत गरिसकेको छ । दुई इजलास निर्माण गर्ने गरि बोलपत्र आह्वान गरिएको हो ।

आन्तरिक राजश्व कार्यालय तुलसीपुरले पनि सेवा थालनी गरिसकेको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले उपलब्ध गराएको भवनबाट सबै सेवा सुरु भइसकेको कार्यालय प्रमुख श्रीधर टन्डनले बताए ।

त्यस्तै नेपाल आयल निगम, जलस्रोत तथा डिभिजन सिँचाइ कार्यालय, भू तथा जलाधार कार्यालयले पनि सेवा पुनः सेवा थालनी गरिसकेका छन् । (रासस)

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ७ : ०७ बजे

नौ महिनामा वीरगञ्ज भन्सारबाट करिब ७ अर्बको सामान आयात

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

एम्बाप्पे र भिनिसियस चम्किएपछि म्याड्रिडको जित: अलाभेस पराजित

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहानको खेलमा रियल

पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै रहने

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको अवधि

हैदराबादको ‘हाइ–स्कोरिङ’ खेलमा अभिषेकको आक्रामक शतक : दिल्ली ४७ रनले पराजित

हैदराबाद– युवा प्रारम्भिक ब्याटर अभिषेक शर्माको विष्फोटक अविजित शतकको मद्दतले