गृहले भन्यो- अन्य पक्षलाई उक्साहट हुनेगरि कुनै कार्यक्रम नगर्नू  « Khabarhub

गृहले भन्यो- अन्य पक्षलाई उक्साहट हुनेगरि कुनै कार्यक्रम नगर्नू 


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले वर्तमान अवस्थामा  सभा सम्मेलन तथा विरोध कार्यक्रम सञ्चालन गर्दा शान्तिपूर्ण ढङ्गबाट गर्न आग्रह गरेको छ । 

गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले शनिबार विज्ञप्ति जारी अन्य पक्षलाई असर पर्ने र उक्साहट हुनेगरी कुनै कार्यक्रम नगर्न आग्रह गरेको हो । 

‘नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी गत भदौ २३ र २४ गते जेन-जी युवाको अगुवाइमा भएको आन्दोलनपछि नयाँ सरकार गठन भई आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थामा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम सञ्चालन गर्दा अहिंसात्मक हुनेगरी शान्तिपूर्ण ढङ्गबाट अन्य पक्षलाई असर नपर्ने एवं उक्साहट नहुनेगरी गर्नु भई समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्नुहुन सबैमा अनुरोध गरिन्छ ।’

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  १ : २५ बजे

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित