जेन-जी विद्रोहलाई उपलब्धिविहीन बनाइएको भन्दै राप्रपाका युवाले गरे मौन प्रदर्शन « Khabarhub

जेन-जी विद्रोहलाई उपलब्धिविहीन बनाइएको भन्दै राप्रपाका युवाले गरे मौन प्रदर्शन


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका युवा नेताहरूले काठमाडौंको माइतीघरमा साङ्केतिक मौन प्रदर्शन गरेका छन् ।

जेन-जी विद्रोहलाई उपलब्धिविहीन बनाइएको भन्दै उनीहरूले शनिबार माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले क्रान्तिको भावना बिपरित नजान र शहीदको बलिदानलाई नजरअन्दाज नगर्न माग गरेका छन् ।

आन्दोलनका क्रममा भएको दमन गर्नेहरूलाई तत्काल कानुनी दायरामा ल्याउन ढिलाइ भएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

राप्रपा केन्द्रीय सदस्य खुस्बु ओलीले क्रान्तिको भावनाबिपरित अन्तरिम सरकार अघि बढ्न खोजेकाले ध्यानाकर्षण गराउन साङ्केतिक मौन प्रदर्शन गरिएको जानकारी दिइन् ।  

प्रदर्शनमा सहभागीहरूले महँगो र विखण्डनकारी प्रदेश खारेजी कहिले ?, देशलाई दुर्घटनाबाट जोगाउन नवीन समझदारी गर, ७५ जनाको बलिदान फेरी यही संविधान ? लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ४ : ०३ बजे

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित