नवरात्र : शक्तिपीठमा भक्तजनको भीड | Khabarhub Khabarhub

नवरात्र : शक्तिपीठमा भक्तजनको भीड


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज बिहानैदेखि देशका विभिन्न भागमा अवस्थित शक्तिपीठमा भक्तजनको भीड छ । साथै दसैँ घर वा पूजा कोठामा स्कन्दमाताको पूजा  गरिएको छ ।
 
नवरात्रमा देवीको  पूजाआराधना गरेमा मनोकामना पूरा हुने  विश्वास छ । नवरात्रलाई शक्ति प्राप्तिका लागि साधना गर्न उत्तम समयका रुपमा लिइन्छ ।

काठमाडौँ उपत्यका तथा आसपासस्थित गुह्येश्वरी, भुवनेश्वरी, वत्सलेश्वरी र जयवागीश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, शनि, संकटा, शोभाभगवती, बिजेश्वरी, कङ्केश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, नक्साल भगवती, चामुण्डामाई, सुन्दरीमाई, इन्द्रायणी, वनदेवी, बज्रयोगिनीलगायत शक्तिपीठमा अहिले पनि भक्तजनको भीड छ । 
 
यसैगरी, नाला भगवती, चण्डेश्वरी, पलाञ्चोक भगवती, पलाञ्चोक भगवती, कमलामाई, रौतामाई, कालिञ्चोक, पाथीभरा, गहवामाई, मनकामना, इच्छाकामना, दन्तकाली, राजदेवी, छिन्नमस्ता, पाथीभरा, गढीमाई, शैलेश्वरी, विन्ध्यवासिनी, भुवनेश्वरी, सुपादेउराली, उग्रतारालगायत देवी मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् । यी शक्तिपीठलाई विशेष रुपमा सजाइएको छ । 

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ४ : २५ बजे

बैतडीमा ‘भ्यान’ दुर्घटना, १० जना घाइते

बैतडी – जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा ‘इलेक्ट्रोनिक भ्यान’

दसैँको रौनकसँगै थारू बस्तीमा गुञ्जियो सखिया नाच

कञ्चनपुर– दसैँ सुरु भएसँगै गाउँ बस्तीमा चहलपहल सुरु भएको छ

नदीमा हामफालेर दुई जना बेपत्ता

अदानचुली– चङ्खेली गाउँपालिकामा नदीमा हामफालेर दुई जना बेपत्ता भएका छन्

शान्तिपूर्वक चाडपर्व मनाउन स्थानीय प्रशासनको आग्रह

सुदूरपश्चिम– जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन