अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडी सम्मानित « Khabarhub

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडी सम्मानित


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बुदोकैदो ‘फूल कन्ट्याक्ट’ कराते सङ्घले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई सम्मान गरेको छ ।

अजरवैजानको बाकुमा भएको विश्व बुदो मार्सल आट्र्स च्याम्पियनसिपका पदक विजेता सागर विष्ट, बविता कार्की, रोचक भारती, पूजा खड्का र सुदर्शन खतिवडा तथा सोही प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी करुणा राउतलाई आज सम्मान गरिएको हो । 

श्रीलंकामा भएको दक्षिण एसियाली फूल कन्ट्याक्ट कराते प्रतियोगिताको खुला तौल समूहमा  स्वर्ण पदक जितेका सनि सिंह, जापानमा भएको तेजुका कप फूल कन्ट्याक्ट कराते प्रतियोगिताको एकल कातामा कास्य विजेता दावा शेर्पा र थाइल्याण्डमा भएको १२औँ विश्व स्ट्रेन्टलिफ्टिङ तथा इन्क्लान बेञ्च प्रेसको पुरुष ५० वर्षमाथि ७६ केजीमा स्वर्ण जितेका केदारमान स्थापितलाई पनि सम्मान गरिएको छ । 

त्यस अवसरमा नेपाल फूल कन्ट्याक्ट कराते महासङ्घका नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर बूढाथोकीलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ४ : ५२ बजे

प्रधानमन्त्रीलक्षित निश्कलको व्यङ्ग्य- चिया पसलमा पुग्ने फुर्सद, किसानका समस्या सुन्ने फुर्सद छैन

काठमाडौं–  नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको

विश्वकपमा मेस्सीको ऐतिहासिक रात

एजेन्सी– लियोनेल मेस्सीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्दै आफ्नो

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत

सभामुखलाई कांग्रेसको प्रश्न : रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?

काठमाडौं- नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको भूमिकाप्रति प्रश्न उठाएको