शान्तिपूर्वक चाडपर्व मनाउन स्थानीय प्रशासनको आग्रह « Khabarhub

शान्तिपूर्वक चाडपर्व मनाउन स्थानीय प्रशासनको आग्रह


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिई सुरक्षित, शान्तिपूर्वक तथा मर्यादित भई चाडपर्व मनाउन सबैलाई अनुरोध गरेको छ । 

कार्यालयले आज सूचना जारी गर्दै मादक तथा नसालु पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला, झैझगडालगायत कार्यगरी शान्तिसुरक्षालाई असर पार्ने, अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी तथा अनधिकृत मूल्यवृद्धि गर्ने, म्याद नाघेका वस्तुको ढुवानी, बिक्रीवितरण तथा प्रयोग नगर्न-नगराउन आग्रह गरेको हो ।  

सवारीसाधनमा तोकिएको क्षमताभन्दा बढी यात्रु नराख्न, मादक पदार्थ सेवन गरी सवारिसाधन नचलाउन, तोकिएको भन्दा बढी भाडा असुल उपर नगर्न र ट्राफिक नियमको पालना गर्न पनि सूचनामा आग्रह गरिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ७ : ३१ बजे

परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना

काठमाडौं– रुसी महासङ्घका विदेशमन्त्री सर्गेई लावरोभले परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त

रुसी राष्ट्रपतिको निवासमा निशाना बनाएको ड्रोन खसालिएको दाबी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पु्टिनको निवासलाई लक्षित गरेको ड्रोनलाई रूसी

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

वालिङ– स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर