आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस् | Khabarhub Khabarhub

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज १५ गते बुधबार। आश्विन शुक्ल पक्षको महानवमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर १ तारिख। नवरात्रको नवौ दिन। आज राष्ट्रिय चलचित्र दिवस, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस।

हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्ण अवतार) को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।

बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ

-हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।
-बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
-बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ।
-जसको कुण्डलीमा बुध ग्रहको दोष छ उसले बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ५ : २१ बजे

स्वस्थ मासुको छनोट कसरी गर्ने ?

दशैँको  मनोविज्ञान राम्रो लाउने, मीठो खानेसँग जोडिन्छ । मिठोसँग खाएको

स्कुटर दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते

कैलाली– कैलालीको धनगढी उपमाहनगरपालिका–१३ राजपुरमा गएराति स्कुटर दुर्घटना हुँदा एक

मनसुनी गतिविधि थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन

महिला नेतृत्वको सहकारीमार्फत ३५० खसीबोका बिक्री

नवलपरासी– नवलपरासीको हुप्सेकोट गाउँपालिका– ४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक

प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

काठमाडौं– ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक