लाङटाङ ट्रेकिङ गएका भक्तपुरका चारजना बेपत्ता « Khabarhub

लाङटाङ ट्रेकिङ गएका भक्तपुरका चारजना बेपत्ता


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

रसुवा – लाङटाङ ट्रेकिङमा गएका भक्तपुरका चारजना खोल्सा तर्ने क्रममा बगेर बेपत्ता भएका छन् । १६ जनाको समूहमध्ये चार जना खोल्सा तर्ने क्रममा बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार शुक्रबार लाङटाङ ट्रेकिङका लागि हिँडेका टोलीका उनीहरू शनिबार गोसाइँकुण्ड गाउँपालिका-४ स्थित बेरिङ खोल्सामा बगेका हुन्।

खोल्सा तर्ने क्रममा आठ जनालाई बगाएको थियो । तीमध्ये चार जना सम्पर्कमा आएका छन् । खोल्साले बगाएर संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ (मध्यपुर ठिमी नगरपालिका) र रवि श्रेष्ठ (भक्तपुर-१०) बेपत्ता भएका हुन्।

वर्षाले बढेको खोल्सा पालैपालो तर्ने क्रममा बगाएको हो। अहिले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ६ : २२ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको