चैतन्य, प्रज्ञा र सिर्जनाभित्र सामाजिक न्यायको खोजी (भिडियो) « Khabarhub

चैतन्य, प्रज्ञा र सिर्जनाभित्र सामाजिक न्यायको खोजी (भिडियो)



अरुणा हिङमाङ एक चर्चित नेपाली चित्रकार, कला शिक्षिका र सामाजिक अभियन्ता हुन् । जसको सिर्जनात्मक कामले महिला अधिकार, जातीय असमानता र सामाजिक न्यायलाई केन्द्रमा राख्छ । उनका चित्रकला तथा ‘इन्स्टलेशन आर्ट’हरूले प्राकृतिक दृश्य, महिलाको पीडा र सामाजिक सन्देशलाई सशक्त रूपमा प्रस्तुत गर्छन् ।

उनले ‘अङ्कुरित आशा’ शीर्षकको इन्स्टलेशनमार्फत जनयुद्धको मैदानमा महिलाले भोगेका पीडालाई कलाको माध्यमबाट उजागर गरेकी थिइन्, जुन दर्शकलाई गहिरो रूपमा छोएको थियो । उनले सिंगापुर, भारत, मलेसिया, अफगानिस्तानलगायत विभिन्न मुलुकमा आफ्नो एकल प्रदर्शनीमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपाली कलाको प्रतिनिधित्व गरिसकेकी छिन् ।

कला शिक्षिकाका रूपमा पनि उनले आफ्नो ज्ञान र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै आएकी छिन्, साथै ‘स्वअध्ययन र सिर्जना आर्ट ग्यालरी’सँग संलग्न भएर कला क्षेत्रमा निरन्तर योगदान दिइरहेकी छिन् । सामाजिक विषयवस्तुलाई कलामार्फत उठान गर्ने उनको प्रतिबद्धतालाई भारतको नयाँ दिल्लीमा आयोजित एक समारोहमा ‘डा. भीमराव अम्बेडकर कला श्री राष्ट्रिय पुरस्कार’ प्रदान गरेर सम्मानित गरिएको थियो ।

उनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको परिषद सदस्यका रुपमा पनि कार्यरत छन् । अरुणा हिङ्माङ एक सशक्त आवाज बोकेको कलाकारका रूपमा उभिएकी छिन्, जसले कला र समाजबीचको सम्बन्धलाई अझै गहिरो बनाउन महत्वपूर्ण योगदान दिइरहेकी छिन् । उनै अरुणासँग कलाका विविध आयामका विषयमा गरिएको संवाद :

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ११ : १३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना