चैतन्य, प्रज्ञा र सिर्जनाभित्र सामाजिक न्यायको खोजी (भिडियो) « Khabarhub

चैतन्य, प्रज्ञा र सिर्जनाभित्र सामाजिक न्यायको खोजी (भिडियो)



अरुणा हिङमाङ एक चर्चित नेपाली चित्रकार, कला शिक्षिका र सामाजिक अभियन्ता हुन् । जसको सिर्जनात्मक कामले महिला अधिकार, जातीय असमानता र सामाजिक न्यायलाई केन्द्रमा राख्छ । उनका चित्रकला तथा ‘इन्स्टलेशन आर्ट’हरूले प्राकृतिक दृश्य, महिलाको पीडा र सामाजिक सन्देशलाई सशक्त रूपमा प्रस्तुत गर्छन् ।

उनले ‘अङ्कुरित आशा’ शीर्षकको इन्स्टलेशनमार्फत जनयुद्धको मैदानमा महिलाले भोगेका पीडालाई कलाको माध्यमबाट उजागर गरेकी थिइन्, जुन दर्शकलाई गहिरो रूपमा छोएको थियो । उनले सिंगापुर, भारत, मलेसिया, अफगानिस्तानलगायत विभिन्न मुलुकमा आफ्नो एकल प्रदर्शनीमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपाली कलाको प्रतिनिधित्व गरिसकेकी छिन् ।

कला शिक्षिकाका रूपमा पनि उनले आफ्नो ज्ञान र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै आएकी छिन्, साथै ‘स्वअध्ययन र सिर्जना आर्ट ग्यालरी’सँग संलग्न भएर कला क्षेत्रमा निरन्तर योगदान दिइरहेकी छिन् । सामाजिक विषयवस्तुलाई कलामार्फत उठान गर्ने उनको प्रतिबद्धतालाई भारतको नयाँ दिल्लीमा आयोजित एक समारोहमा ‘डा. भीमराव अम्बेडकर कला श्री राष्ट्रिय पुरस्कार’ प्रदान गरेर सम्मानित गरिएको थियो ।

उनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको परिषद सदस्यका रुपमा पनि कार्यरत छन् । अरुणा हिङ्माङ एक सशक्त आवाज बोकेको कलाकारका रूपमा उभिएकी छिन्, जसले कला र समाजबीचको सम्बन्धलाई अझै गहिरो बनाउन महत्वपूर्ण योगदान दिइरहेकी छिन् । उनै अरुणासँग कलाका विविध आयामका विषयमा गरिएको संवाद :

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ११ : १३ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका