एक करोड खर्चेर अतिथि आवास निर्माण « Khabarhub

एक करोड खर्चेर अतिथि आवास निर्माण


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– भक्तजनको सुविधाका लागि बिहुँस्थित कोतघरमा दुई वटा अतिथि आवासगृह निर्माण गरिएको छ । 

बिहुँकोटबाट रोजगारीको सिलसिलामा जापान पुगेकाहरूको सहयोगमा बागलुङको काठेखोला गाउँपालिका–६ स्थित बिहुँकोत मन्दिरमा दुई पक्की आवासगृह निर्माण गरिएको हो । जापान समाज बिहुँकोट र बिहुँकोट समाज जापानको पहलमा विभिन्न ५१ जनाले प्रदान गरेको रु एक करोड रकमबाट २६ जनासम्म बस्न मिल्ने अतिथि आवासगृह निर्माण गरिएको बिहुँकोट समाज जापान तथा अतिथि आवासगृह निर्माणका संयोजक दीपक कँडेलले जानकारी दिए । 

तल्लो र उपल्लो दुई कोतघरमै दुई पक्की अतिथि आवासगृह निर्माण गरेर फूलपातीको दिन हस्तान्तरण गरिएको कँडेलले बताए। उनले हालसम्म एक करोड १० लाख रकम संकलन भइसकेको र कोतघरमा अन्य पूर्वाधारको कामसमेत हुने बताए।

 दुई अतिथि आवास निर्माणमा भने रु एक करोड खर्च भइसकेको बताए। रोजगारीको सिलसिलामा जापानमा रहेका बिहुँकोट निवासीबाट सङ्कलन भएको रकमबाट बिहुँकोत मन्दिरमा विभिन्न पूर्वाधार निर्माणसँगै फूलपाती मेलाको आयोजना गरिन थालेको जापान समाज बिहुँकोटका अध्यक्ष नारायणप्रसाद कँडेले बताए।

उनले बिहुँकोटमा आउने भक्तजनलाई खाना र बस्नको व्यवस्थापनका लागि आवासगृह निर्माण गरिएको बताए। उनले प्रचारप्रसारको अभावमा ओझेलमा परेको बिहुँकोत मन्दिरलाई उजागर गर्ने पूर्वाधार निर्माण गर्ने लगायतका काम जापानमा बस्ने बिहुँकोट निवासीबाट भइरहेको बताए। 

तीन वर्षयता शौचालय, तारबार, सडक ढलान, खानेपानी, पदमार्ग र प्रवेशद्वार जस्ता पूर्वाधार निर्माणको काममा बिहुँकोट समाज जापान सक्रिय रहेको छ । फूलपातीका दिन रु एक करोड लागतमा निर्माण भएको अतिथि आवासगृहको उद्‌घाटन बिहुँकोट समाज जापानका संरक्षक तथा समाजसेवी दीपक सुवेदीले गरेका थिए । 

सुवेदीले भक्तजनको सुविधाका लागि एकसाथ दुई आवासगृह निर्माण गरिएको जनाउँदै बिहुँकोत मन्दिरको प्रचारप्रसार प्रचारको कमी भएको बताए। उनले कोतघरले धार्मिक पर्यटक भित्र्याउने सम्भावना देखेर लगानी गरेको बताए।
 

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  १२ : ५६ बजे

आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत सोमबार राति

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख ८ गते मंगलबार। वैशाख

आज २०८३ साल वैशाख ८ गते मंगलबारको राशिफल  

काठमाडौँ – आज २०८३ साल वैशाख ८ गते मंगलबार। वैशाख

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी