नेपाली सेनाद्वारा डुबानमा फसेका २० जनाको उद्धार « Khabarhub

नेपाली सेनाद्वारा डुबानमा फसेका २० जनाको उद्धार


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

राजविराज- नेपाली सेनाले सप्तरीको सप्तकोशी नगरपालिकामा डुबानमा फसेका २० जनाको आज उद्धार गरेको छ । नगरपालिका वडा नं ६ स्थित बोचही पोखरीया टोल आसपासका ४२ घरका परिवारको आज उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

राजविराजस्थित बरख गणको सुरक्षा वेश सप्तरीबाट सहायक सेनानी सुकमन तामाङको नेतृत्वमा खटिएको १४ जनाको टोलीले बाढीमा फसेका अशक्त, वृद्ध–वृद्धा, महिला र बालबालिकासहित २० जनालाई उद्धार गरिएको बरख गणका प्रमुख सेनानी सोवितबहादुर चन्दले बताए । उद्धार गरिएकालाई स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा सुरक्षित पु¥याएको जनाइएको छ ।

वर्षाका कारण सप्तरीका तटीय क्षेत्रमा अझै पनि बाढीको जोखिम कायम रहेको र नेपाली सेनाको उद्धार टोली आउन सक्ने जोखिमका लागि तयारी अवस्थामा रहेको प्रमुख सेनानी चन्दले जानकारी दिए ।

बोचनी क्षेत्रमा बाढीको जोखिम बढेपछि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गरेका थिए । दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण सप्तरीको सप्तकोशी नगरपालिका–६ स्थित बोचही पोखरिया बस्ती डुबानमा परेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ११ : २७ बजे

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं– सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार

चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी

बेइजिङ- चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई)

अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद

काठमाडौं – इजिप्टमाथिको जित अर्जेन्टिना समर्थकका लागि आश्चर्यजनक पुनरागम हो

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति,

औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै सिभिल अस्पतालका आठ जना कर्मचारी विरुद्ध मुद्दा दायर 

काठमाडौं– औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै निजामती कर्मचारी अस्पतालका फार्मेसी