जेन-जी अलायन्सबाट अख्तियार प्रमुखको राजीनामा माग्दै दबाब पत्र दर्ता « Khabarhub

जेन-जी अलायन्सबाट अख्तियार प्रमुखको राजीनामा माग्दै दबाब पत्र दर्ता


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै आयोगमा दबाब पत्र दर्ता गराएका छन् ।

जेन-जीका १० भन्दा बढी समूहको जेन-जी मुभमेन्ट अलायन्सले मङ्गलबार संयुक्त रुपमा अख्तियार पुगेर राजीनामा दिनका लागि आग्रह गर्दै दबाब पत्र दर्ता गराएका हुन् । युवाहरूको दबाबपछि अख्तियारले उक्त पत्र दर्ता गरेको छ ।

अख्तियार प्रमुख आयुक्त राईका कार्यहरू राजनीतिक पक्षपाती रहेको र वाइडबडी घोटाला लगायत धेरै भ्रष्टाचारका मुद्दाहरूमा राईको नाम मुछिएकाले राजीनामा दिन आग्रह गरिएको जेन-जी युवा रिजन राना मगरले बताए । उनले राईलगायत अन्य सबै आयुक्तहरूको राजीनामा माग गर्दै अख्तियारमा निवेदन दर्ता गराएको बताए ।

देशको भ्रष्टाचार नियन्त्रण गर्ने एकमात्र निकायमा हाल रहेका प्रमुख आयुक्त र आयुक्तबाट भ्रष्टाचारका साथै दण्डहीनताको अन्त्य हुने नदेखिएकाले राजीनामा माग्नुपरेको मगरले बताए ।

युवाहरूले अख्तियारमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीको नियुक्ति गर्ने र पदमुक्त भएका आयोगका पदाधिकारीलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने जनाएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ११ : ५५ बजे

संसद् महत्त्वपूर्ण र निर्णायक हो भन्ने पुस्ट्याइँ गर्ने गरी काम गर्नुस् : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले सङ्घीय संसद् महत्त्वपूर्ण र निर्णायक ठाउँ

‘साधनमाला’ लोकार्पण

काठमाडौं– महायान/ बज्रयान बौद्ध दर्शनको साधनासम्बन्धी महत्त्वपूर्ण ग्रन्थ ‘साधनमाला–१’ को

किसानको पिडा- भेडा मरेर के भो मन मरेको छैन

चेहेरे चौर-  चेहेरे पाटनमा बाक्लो हिउँ नपरेको वर्षौँ भयो । जुम्ला बजारबाट

मधेशका मुख्य न्यायाधिवक्ता महतो पदमुक्त

जनकपुर– मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्