भोजपुरबाट सुत्केरी र शिशुको उद्धार | Khabarhub Khabarhub

भोजपुरबाट सुत्केरी र शिशुको उद्धार


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

टक्सार– भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ बाट सुत्केरी र शिशुको उद्धार गरिएको छ । स्थानीय ३९ वर्षीया निर्मला राई र उनको शिशुको आज नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । 

दुवै जनालाई उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । समय अगावै शिशुको जन्म भएकाले अक्सिजनसहित थप उपचार आवश्यक भएकाले  धरान पठाइएको ओख्रे स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सङ्गीता राईले जानकारी दिइन् । 

रामप्रसाद राई–४ ओख्रेस्थित स्वास्थ्य चौकीमा शिशुको जन्म भएको थियो । सडक अवरुद्ध भएकाले तत्काल थप उपचारका लागि पठाउन समस्या भएपछि हवाई उद्धार कार्यक्रमअन्तर्गत सुत्केरी र शिशुको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । 

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १२ : २६ बजे

सिंहदरबार भित्रका जलेका सवारी हटाइँदै

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा राखिएका सवारीसाधन जलेपछि आजदेखि

क्यानाडाका प्रधानमन्त्रीको ह्वाइट हाउस भ्रमण : अमेरिकी करबारे छलफल हुने

एजेन्सी– क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्यानाडाको

नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने : विश्व बैंक

काठमाडौं– सन् २०२५-२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित

बाढीका कारण उडान प्रभावित भएकालाई निगमले निःशुल्क मिति परिवर्तन सुविधा दिने

काठमाडौं– नेपाल वायुसेवा निगमले बाढी पहिरोको कारण असोज १८ गतेदेखि

बाढीका कारण सुनसरीमा एक हजार बढी प्रभावित

इनरुवा– गत शनिबार र आइतबारको वर्षासँगै आएको बाढीले जिल्लामा एक