सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिराहाको नरहा गाउँपालिका-३ स्थित सडकमा रोकी राखेको प्र.२-०४-००१ च ००३८ नम्बरको पिकअप भ्यानमा बीआर ३२ वाई ७५९९ नम्बरको मोटरसाइकल ठोक्किएर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर र वतन नखुलेका अन्दाजी २० वर्षीय पुरुषको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसतै, सप्तरीको खड्क नगरपालिका-११ बनौलीस्थित सडकमा बोदेबरसाईनबाट राजबिराजतर्फ जाँदै गरेको स.१ च १८६५ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री डाक्‍नेश्‍वरी नगरपालिका-१० बनौला बस्ने १८ वर्षीय अमन मण्डलको सोमबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  २ : १९ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर