नोबेल शान्ति पुरस्कारको घोषणा हुँदै, ट्रम्पले पाउने सम्भावना कति ?  « Khabarhub

नोबेल शान्ति पुरस्कारको घोषणा हुँदै, ट्रम्पले पाउने सम्भावना कति ? 


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२५ को नोबेल शान्ति पुरस्कारको घोषणा शुक्रबार नर्वेको ओस्लोमा हुँदैछ।

यसको घोषणाको सबैभन्दा ठूलो रहस्य बनेका छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । जसले आफूलाई यो पुरस्कारको लागि योग्य ठान्दै आएका छन् । तर, विशेषज्ञहरूले उनको विजयको सम्भावना सीमित रहेको बताएका छन् ।

के छन् ट्रम्पका दाबी ?
ट्रम्पले आफूले सातवटा युद्ध अन्त्य गरेको दाबी गदै आएका छन् । ‘सबैले भन्छन् मलाई नोबेल शान्ति पुरस्कार दिइएको हुनुपर्छ’, उनले भनेका छन् ।

उनका लागि नामाङ्कन गर्नेहरूमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू, पाकिस्तान र कम्बोडिया सरकार पनि छन् । यद्यपि, धेरै नामाङ्कन नोबेलको फेब्रुअरी १ को म्याद भित्र भएको देखिँदैन ।

सम्भावना किन कम ?
विश्लेषकहरूले ट्रम्पको विजय सम्भावना सीमित रहेको बताएका छन् ।

प्रमुख कारण
दीर्घकालीन प्रभावको अभाव– नोबेल समितिले सानो अवधिको कूटनीतिक सफलताभन्दा दीर्घकालीन शान्ति र अन्तर्राष्ट्रिय सहयोगलाई प्राथमिकता दिने गर्दछ ।

विशेषज्ञ थियो जेनुले भनेका छन्– ‘अल्पकालमा लडाइँ रोक्नु र द्वन्द्वको मूल कारण समाधान गर्नुबीच ठूलो फरक छ ।’ ट्रम्पले दाबी गरेका ‘शान्ति’ योजनाहरूको स्थायित्व अझै प्रमाणित भएको छैन ।

अन्तर्राष्ट्रिय सहकार्यप्रतिको रवैया– उनले विश्व स्वास्थ्य सङ्गठन र पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई निकालेका छन् । त्यससँगै सहयोगी राष्ट्रहरूविरुद्ध व्यापार युद्ध सुरु गरेका छन् । नोबेल समितिका सदस्यले यसलाई ‘राष्ट्रहरूबीच मैत्री बढाउने’ उद्देश्यसँग मेल नखाने भनेका छन् ।

राजनीतिक दबाब– ट्रम्पले आफूलाई पुरस्कार नदिइए ‘अमेरिकाको लागि ठूलो अपमान’ हुने दाबी गरेका छन् । नर्वेका एक अधिकारीले पुरस्कार घोषणा गरिएको दिन बिरामी बिदा लिने योजना बनाएको समाचार पनि छ ।

बाजार र बेटिङ्ग अड्डा– अनलाइन बेटिङ्ग प्लेटफर्म पोलीमार्केटले ट्रम्पको विजयको सम्भावना मात्र २–३ प्रतिशत मात्रै रहेको अनुमान गरेको छ ।

बेटिङ्ग बजारको अनुमानमा सुडानी इमर्जेन्सी रेस्पोन्स रुम्स र रूसी विपक्षी नेता अलेक्सी नभाल्नीकी पत्नी युलिया नभाल्नायाको विजय सम्भावना ट्रम्पभन्दा धेरै माथि छन् ।

नोबेल शान्ति पाएका अमेरिकी राष्ट्रपति
ट्रम्पले आफूभन्दा अगाडि चार अमेरिकी राष्ट्रपतिले नोबेल शान्ति पुरस्कार जितेको उल्लेख गरेका छन् । ती हुन्–
१. थियोडोर रुजवेल्ट– सन् १९०६
२. वुड्रो विल्सन– सन् १९१९
३. जिमी कार्टर– सन् २००२
४. बाराक ओबामा– सन् २००९

ओबामाले राष्ट्रपतिको रूपमा मात्र नौ महिना काम गरेपछि नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए, जुन निर्णयले विवाद पैदा गरेको थियो । ट्रम्पले पनि यसको आलोचना गर्दै भनेका छन्, ‘यदि मेरो नाम ओबामा भएको भए मैले १० सेकेन्डमा नोबेल पुरस्कार पाउँथेँ ।’

सन् २०२५ को नोबेल शान्ति पुरस्कारको घोषणा शुक्रबार स्थानीय समय अनुसार बिहान ११ बजे नर्वेको राजधानी ओस्लोमा हुनेछ । ट्रम्पले उत्कट चहाना राखेको उक्त पुरस्कार पाउँछन् कि भन्ने कुरा घोषणापछि स्पष्ट हुनेछ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ८ : ०७ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६