शीतल निवासमा प्रधानमन्त्री : दलहरू सहभागी नभए निर्वाचन हुन सक्दैन « Khabarhub

शीतल निवासमा प्रधानमन्त्री : दलहरू सहभागी नभए निर्वाचन हुन सक्दैन


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताबिना निर्वाचन हुन नसक्ने बताएकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शुक्रबार शीतल निवासमा बसेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले निर्वाचनमा दलहरूको सहभागिताको ग्यारेन्टी खोजेकी हुन् ।

दलहरू सहभागी नभइ निर्वाचन सम्भव नरहेको कुरामा सरकार प्रष्ट जानकार रहेको भन्दै कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित मतदान गराउने विश्वास दिलाइन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि आश्वस्त पार्दै सरकारले शान्ति सुरक्षाको प्रबन्ध गर्ने विश्वास दिलाइन् ।

‘जेनजीहरू हामी सबैका छोरानाति भएकाले उनीहरूले किन आज यस्तो असन्तुष्टि व्यक्त गरे भन्ने बुझ्न जरुरी छ’ उनले भनिन्, ‘त्यसकारण परिवर्तनलाई आत्मसात गर्दै दलहरूले पनि अगाडि बढ्न आवश्यक छ ।’

बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबैजना मन्त्रीहरू सहभागी थिए ।

बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन सहभागी थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहाक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मीना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल पनि सहभागी थिए ।

त्यस्तै, जनता समाजवादी पार्टीबाट रेनु यादव, जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा जय कुमार राउत सहभागी थिए ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनील प्रजापति बैठकमा थिए ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ७ : ४५ बजे

सञ्चार मन्त्रालयको कार्यप्रगति : स्मार्ट लाइसेन्स छपाइ, सरकारी कुरियर सेवा, दूरसञ्चार सेवा सुधार

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा भए/गरेका

चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

चितवन– चालु आर्थिक वर्षको साउनदेखि जिल्लामा रहेका २२६ भूमिहीन दलित, भूमिहीन

सुनको मूल्य आजपनि घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य आजपनि घटेको छ । अघिल्लो

गाँठो पार्ने हात, सास्ती भोग्ने दाँत

एउटा धनी मानिस अस्पतालको बेडमा थियो । उपचारका सबै प्रयास

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लमजुङ – हिउँदे वर्षाका कारण पहिरो जाँदा यहाँ मध्यपहाडी लोकमार्गअन्तर्गत