जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट « Khabarhub

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट भएको छ ।

गत आर्थिक वर्ष २०८१–०८२ को कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क प्राप्त गरी पर्वत प्रशासनले नेपालमै उत्कृष्ट स्थान हासिल गरेको हो । एक सय पूर्णाङ्कको नतिजामा पर्वत प्रशासनले ९५ दशमलव ७१ अङ्क प्राप्त गरी नेपालमै पहिलो बनेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए ।

उनको अनुसार आर्थिक वर्ष २०८१–०८२ को पहिलो त्रैमासिकमा २९ दशमलव ०६, दोस्रो त्रैमासिकमा १९ दशमलव २५, तेस्रो त्रैमासिकमा १७ दशमलव ८७ र चौथो त्रैमासिकमा २९ दशमलव ५२ अङ्क प्राप्त गरेको थियो ।

गृह मन्त्रालयसँग भएको कार्यसम्पादन सम्झौतामा तोकिएका मापदण्डहरूमा पूर्ण रूपमा सम्पादन गरिएको मन्त्रालयको नतिजाले पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । गृह मन्त्रालयले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व, प्रशासनिक कार्यशैलीलगायतका मापदण्डहरूका आधारमा मूल्याङ्कन गर्दै आएको छ ।

पर्वतका प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार कार्यालयले नागरिकसँगको सेवा प्रवाहमा पारदर्शिता, समयमै सेवा प्रदान गर्ने अभ्यास, दक्ष जनशक्ति परिचालन तथा प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको छ ।

‘हामीले नागरिकका गुनासो चाँडो सुन्ने, सेवाग्राहीलाई सहज वातावरणमा सेवा दिने, तथा प्रशासनिक काममा चुस्ती ल्याउनेजस्ता प्रयासहरू गरेका छौँ’, प्रजिअ घिमिरेले भने, ‘यो उपलब्धि सम्पूर्ण कर्मचारी टोली र स्थानीय सरोकारवालाहरूको सहकार्यको परिणाम हो ।’

यस उपलब्धिपछि कार्यालयले अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता र हौसला मिलेको उनको भनाइ छ । कार्यसम्पादन मूल्याङ्कनमा दोस्रो नम्बरमा भक्तपुर, तेस्रोमा नुवाकोट, चौथोमा मनाङ र पाँचौँमा धनकुटा परेका छन् । छिमेकी जिल्ला बागलुङ २४, म्याग्दी ३२ नम्बरमा परेको छ भने सबैभन्दा कम नतिजा पाँचथर प्रशासनले पाएको छ । पाँचथरले ७३ दशमलव ८२ अङ्क प्राप्त गरेको छ । (रासस)

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  १० : ३३ बजे

कालीगण्डकीको कटानले पुल जोखिममा

बागलुङ – कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २७ गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २७ गते बुधबार सन् २०२६