ट्रम्पले इजरायलको सर्वोच्च नागरिक सम्मान पाउने « Khabarhub

ट्रम्पले इजरायलको सर्वोच्च नागरिक सम्मान पाउने


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई गाजाबाट बन्धकहरूको रिहाइमा महत्वपूर्ण भूमिका खेलेको र युद्ध अन्त्यका प्रयासमा योगदान पुर्‍याएको भन्दै देशको सर्वोच्च नागरिक सम्मान ‘इजरायली प्रेसिडेन्सियल मेडल अफ अनर’ प्रदान गर्ने घोषणा गरेका छन् ।

राष्ट्रपति हर्जोगले सोमबार आफ्नो कार्यालयमार्फत जारी गरिएको विज्ञप्तिमा भने, “आफ्नो अथक र निष्ठापूर्ण प्रयासद्वारा राष्ट्रपति ट्रम्पले हाम्रा प्रियजनहरूलाई घर फर्काउन मात्र सहयोग गर्नुभएन, उहाँले सुरक्षा, सहकार्य र शान्तिपूर्ण भविष्यमा आधारित नयाँ मध्यपूर्वको युगको जग समेत बसाल्नुभएको छ ।” हर्जोगका अनुसार यो पुरस्कार ‘आगामी महिनाहरूमा’ प्रदान गरिनेछ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको हालैको इजरायल भ्रमणका क्रममा हर्जोगले उनलाई यसबारे औपचारिक रूपमा जानकारी गराएको बताइएको छ ।

इजरायल भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले बन्धक परिवारका सदस्यहरूसँग भेटवार्ता गर्ने र इजरायली संसद् (नेसेट) लाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ । राष्ट्रपति हर्जोगले भने, “यो सम्मान ती महान् व्यक्तित्वहरूलाई प्रदान गरिन्छ जसले इजरायल राज्य वा सम्पूर्ण मानव जातिको हितका लागि असाधारण योगदान पुर्‍याएका हुन्छन् ।” यसअघि सन् २०१३ मा इजरायलले अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामालाई पनि यही पुरस्कार प्रदान गरेको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  २ : १२ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो