कर्णाली मन्त्रिपरिषद् बैठक : सहिद स्मृति तथा जीवन निर्वाह भत्ता दिने निर्णय « Khabarhub

कर्णाली मन्त्रिपरिषद् बैठक : सहिद स्मृति तथा जीवन निर्वाह भत्ता दिने निर्णय


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रु पाँच करोड बराबरको सहिद स्मृति तथा जीवन निर्वाह भत्ता दिने निर्णय गरेको छ । 

मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा बसेको बैठकले दुई करोड ५५ लाख ७२ हजार बराबरको सहिद स्मृति भत्ता र दुई करोड २९ लाख ८० हजार बराबरको जीवन निर्वाह भत्ता दिने निर्णय गरेको हो । 

कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ को दफा ५ को उपदफा ३ बमोजिम सो बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत स्थानीय तहमा अख्तियारी पठाउन स्वीकृति दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए । 

त्यसैगरी, उक्त बैठकले आयोजना प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०८२, कर्णाली प्रदेश समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०८२, कर्णाली प्रदेश विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०८२, कर्णाली प्रदेश ससर्त अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०८२ र लैङ्गिक हिंसा प्रभावितका लागि घटना व्यवस्थापन तथा प्रेषण प्रक्रिया निर्देशिका, २०८२ स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शाहले बताए। 
 

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १२ : ५४ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो