मोहन बस्नेतको आरोप : क्रियाशील सदस्यता विवाद नटुंग्याई गगन-विश्व ‘जम्प’ गर्न खोज्दैछन् « Khabarhub

मोहन बस्नेतको आरोप : क्रियाशील सदस्यता विवाद नटुंग्याई गगन-विश्व ‘जम्प’ गर्न खोज्दैछन्


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले नियमित महाधिवेशनका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता विवाद नटुङ्ग्याएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुगेका बस्नेतले महामन्त्रीद्वय थापा र शर्माले क्रियाशील सदस्यता विवाद नटुङ्ग्याएको आरोप लगाएका हुन् ।

उनले जिल्ला–जिल्लाको विावद कायमै राखेको बताउँदै आफू जम्प गर्नका लागि विशेष महाधिवेशन भन्दै दुवैजना हिँडेको जिकिर गरेका छन् ।

‘नियमित महाधिवेशन गर्न क्रियाशील सदस्यता प्रक्रिया नटुङ्ग्याउने, जिल्लाको विवाद यथावत राख्ने । अनि त्यहाँबाट जम्प गरेर विशेष महाधिवेशन हुन्छ ?’ उनले सोधे ।

विशेष महाधिवेशन गर्दा युवा पुस्ताले भाग लिन नपाउने बताउँदै उनले आफ्नो अकर्मन्यतालाई ढाकछो गरेर नेृतत्वका लागि जम्प गर्ने प्रवृत्ति बढ्ने खतरा रहेको पनि बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १ : ५१ बजे

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६