सरकारले निर्वाचनको वातावरण तयार पार्नुपर्छ, कांग्रेस भाग लिन्छ : कृष्ण सिटौला « Khabarhub

सरकारले निर्वाचनको वातावरण तयार पार्नुपर्छ, कांग्रेस भाग लिन्छ : कृष्ण सिटौला


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले सरकारले निर्वाचनको वातावरण तयार पार्नुपर्ने बताएका छन् । 

सरकारले शान्ति सुरक्षा कायम गरेर निर्वाचनको वातावरण तयार पारे आफूहरू निर्वाचनमा सहभागी हुने समेत उनले उद्घोष गरे । 

मंगलबार केन्द्रीय कमिटी बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै सिटौलाले कांग्रेस निर्वाचनबाट कहिल्यै नभागेको बताउँदै सरकारलाई निर्वाचनको माहौल बनाउन आग्रह गरे । 

‘इतिहास हेर्नुहोला विभिन्न चुनौतीहरूमा त कांग्रेस निर्वाचनबाट भागेको छैन । सरकारले निर्वाचनको वातावरण बनाए हामी निर्वाचनमा सहभागी हुन तयार छौँ ।’, सिटौलाले भनेका छन्, ‘प्रतिनिधिसभा पुनर्स्थापनाका लागि पनि अदालतको ढोका खुल्लै छ। हामी निर्वाचनको माहौल नबनाए यो विकल्पमा पनि जान सक्छौँ ।’

उनले जेन-जीले उठाएका कतिपय मागहरू सकारात्मक रहेको बताउँदै कांग्रेस यस्ता मागहरूलाई पूरा गर्न प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ३ : ३० बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज