‘विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्न आवश्यक’ « Khabarhub

‘विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्न आवश्यक’


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाटन– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्नु आवश्यक रहेको बताएका छन् । 

विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस- २०२५ का अवसरमा सोमबारदेखि यहाँ आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलन समापन गर्दै मंगलबार उनले जलवायु परिवर्तनका कारण नेपालले हरेक वर्ष विपद्को सामना गरिरहनुपरेको भन्दै यसका लागि प्रभावकारी व्यवस्थापन र सूचना प्रणाली आवश्यक रहेको बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको कार्यक्रम समापनमा मन्त्री घिसिङले भने, ‘नदी प्रणाली र जल व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन नसक्दा विपद् व्यवस्थापनमा समस्या देखिएको छ । खाद्य सुरक्षा र खोला किनारामा भएको अव्यवस्थित बस्ती विकासले विपद् व्यवस्थापनलाई चुनौती दिएको छ । अब कुन ठाउँमा बस्ती बसाउन सकिन्छ भनेर आवश्यक अध्ययन गरेर व्यवस्थापन गर्न आवश्यक छ ।’

उनले विपद् व्यवस्थापनलाई सामाजिक पक्षबाट पनि ध्यान दिनु आवश्यक रहेको उल्लेख गर्दै नेपालको करिब ३० वटा नदी क्षेत्रको जल व्यवस्थापन गर्न सकिए सिँचाइ र खानेपानीको व्यवस्थापनलाई सहज बनाउन तथा बाढी नियन्त्रणमा सहयोग पुग्ने धारणा राखे । 

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेश भट्टले विपद् जोखिम न्यूनीकरणका लागि भौतिक पूर्वाधारको बिमा गरिनुपर्ने भन्दै स्थानीय सरकार र नागरिक समुदायलाई सशक्त बनाउन आवश्यक रहेकामा जोड दिए । उनले विपद्का लागि काम गर्ने सुरक्षाकर्मीको क्षमता अभिवृद्धिमा समेत ध्यान दिनुपर्ने बताए ।

विपद् पूर्वतयारी सञ्जाल नेपाल (डिपी नेट)का अध्यक्ष डाक्टर राजु थापाले विपद्बाट जोगाउन उत्थानशील क्षेत्रमा लगानी बढाउँदै रैथाने ज्ञानको उपयोग र स्थानीय स्रोतसाधनको अधिकतम प्रयोगमा जोड दिनुपर्ने बताए । 

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ६ : २८ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा