विपिन जोशीका आमा र बहिनी स्वदेश फर्किए « Khabarhub

विपिन जोशीका आमा र बहिनी स्वदेश फर्किए


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् ।

विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरु खाली हात फर्किएका हुन्। उनीहरु कतार एयरवेजबाट बिहीबार बिहान काठमाडौं आइपुगेका हुन् ।

हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग गर्दै आमा पद्मा जोशी र बहिनी पुष्पा साउनमा इजरायलसमेत पुगेका थिए ।

विपिन जोशी इजरायल पुगेका एक नेपाली विद्यार्थी थिए । दक्षिण इजरायलको अलुमिम किबुत्जमा खेतमा काम गर्दै गर्दा अपहरणमा परेका थिए। हमासले २० जना जीवितलाई फिर्ता गरेपछि विपिन जीवित फर्किने आश मरेको थियो । सरकारले विपिनको शव नेपाल ल्याउने तयारी थालेपछि उनका आमा र बहिनी स्वदेश फर्किएका हुन्।

जोशी परिवारले अक्टोबर ७, २०२३ मा अपहरणपछि तुरुन्तै खिचिएको भिडियो सार्वजनिक गरेको थियो, जुन जीवित रहेको उनको अन्तिम प्रमाणित दृश्य हो।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १० : ४६ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी