केन्द्रीय कमिटी बैठकमा बर्तौलाले भने- संसद् पुनर्स्थापनाको नेतृत्व एमालेले गर्नुपर्छ « Khabarhub

केन्द्रीय कमिटी बैठकमा बर्तौलाले भने- संसद् पुनर्स्थापनाको नेतृत्व एमालेले गर्नुपर्छ


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले केन्द्रीय कमिटी बैठकमा एमालेको अहिले मुख्य एजेन्डा संसद् पुनर्स्थापना गर्नु रहेको बताएका छन् ।  बिहीबार उनको बोल्ने पालोमा बर्तौलाले यस्तो बताएका हुन् । 

केन्द्र कमिटीका एक नेताका अनुसार बर्तौलाले सबै राजनीतिक शक्तिहरूसँग संवाद गरेर संसद् पुनर्स्थापनाका लागि एमालेले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने जिकिर गरे । 

बर्तौलाले अहिले सरकारले निर्वाचनको माहौल बनाई नरहेकाले एमाले यो बाटोमा जानुपर्ने तर्क गरेका थिए । 

‘यदि हामी यसरी अगाडी बढ्न सकेमा जेन-जी युवा पुस्ताको भावना, आकाङ्क्षा र चाहना पुरा गर्न र मुलुकका विद्यमान चुनौतीहरू समाधान गरी राजनीतिक स्थिरता तर्फ अगाडी बढ्ने आधारहरू निर्माण गर्न सकिन्छ।’ उनले भने, ‘यसका लागि यो संविधान र व्यवस्था स्वीकार गर्ने देश भित्रका सम्पूर्ण राजनीतिक शक्तिहरू  एक ठाउँ मा उभिने वातावरण बनाउनु पर्दछ । यसमा नेकपा एमालेले नेतृत्वदायी भूमिका जरुरी छ । यसका लागी ढिलो नगरी पहल थाल्न नेतृत्वको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले देश अलोकतान्त्रिक र असंवैधानिक मार्गबाट अगाडी बढिरहेको छ । यसलाई लोकतान्त्रिक मार्गमा ल्याउनु आजको मुख्य विषय भएको बताए ।  

बर्तौलाले भने,’अहिले मुलरुपमा निर्वाचन गराउने जिम्मेवारीमा रहेको सरकार निर्वाचन को वातावरण बनाउने तर्फ भन्दा पनि डर, भय र त्रासको आतङ्क खडा गरेर सत्तामा रहिरहन र लम्बाउन  चाहन्छ । सरकार राजनीतिक दलहरूसँग संवाद र छलफलको सट्टा निषेध र दलका नेताहरुलाई धम्क्याउने कार्यशैलीका साथ अगाडी बढिरहेको छ । यसले प्रस्ट रूपमा देशमा चुनाव हुने अवस्था नबनाउन सरकार आफै लागेको देखिन्छ । त्यसैले निर्वाचन पनि नहुने र देशमा जनप्रतिनिधिमूलक सर्वोच्च संस्था पनि नहुने हो भने मुलुक अर्को भयानक सङ्कट तर्फ उन्मुख हुने निश्चित छ ।’

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ११ : ५४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै