मोहनमायाको तर्क- एमालेमा नेतृत्व फेर्ने बहस बेमौसमी बाजा, ओलीलाई साथ दिनुको विकल्प छैन « Khabarhub

मोहनमायाको तर्क- एमालेमा नेतृत्व फेर्ने बहस बेमौसमी बाजा, ओलीलाई साथ दिनुको विकल्प छैन


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।

बिहीबार बिहान ८ बजेबाट सुरू गर्ने भनिएको बैठक एक घण्टा ढिलो गरी सुरू भएको छ । दोस्रो बैठक साँझ ७ बजेसम्म सञ्चालन हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

काठमाडौं नेकपा एमालेकी केन्द्रीय सदस्य मोहनमाया ढकालले नेतृत्वको छनौट अब महाधिवेशन प्रतिनिधीका हातमा रहेको बताएकी छन् ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्दै ढकालले अहिले नेतृत्व परिवर्तनको बहस बेमौसमको बाजा भएको बताइन् ।

१० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको म्याद अझै १ वर्ष बाँकी रहेको, विशेष अवश्थामा ६ महिना समय थप्न सकिने विधानको प्रावधान पनि रहेकोले अहिले जथाभावी नेतृत्वको मान मर्दन गर्ने,राजिनामा गराउने भन्ने कुरा उचित नभएको ढकालको भनाइ छ ।

‘पार्टीको ११ औँ महाधिवेशन घोषणा हिजो घोषणा भइसकेको छ । त्यसपछि पनि नेताहरू अध्यक्षले राजीनामा दिनुपर्दछ भन्दै हुनुहुन्छ’, ढकालले भनिन् ‘अब कसलाई अध्यक्ष बनाउने, कसरलाई महासचिव बनाउने भन्ने कुरा महाधिवेशन प्रतिनिधिका हातमा पुगिसक्यो । महाधिवेशनअघि नेतृत्व परिवतर्न भन्ने कुरा बेमौसमको बाजा हो ।’

ढकालले अध्यक्ष ओलीले पार्टी बैठकमा राखेको विशेष प्रस्तावले वर्तमान समसामयिक राजनीति, जेन-जी आन्दोलन, यसका असर तथा भावी कार्यदिशाबारे स्पष्ट पारेकोले यसको पूर्ण समर्थन गरेर जानुको विकल्प नभएको बताइन् ।

ढकालले भदौ २४ गतेको तोडफोड र आगजनी पीडित आफू पनि भएको भन्दै यसमा संलग्नलाई कारबाहीको दायरमा ल्याउन सरकारलाई दबाब दिनु पर्ने बताइन् । पार्टीले अलग्गै आयोग बनाएर घटनामा संलग्नहरूको छानबिन गर्नुपर्ने माग उनले गरेकी छिन् ।

ढकालले पार्टीभित्र एकमना एकता गराएर कार्यकर्ताको मनोबल बढाउने र एमालेप्रति जनताको विश्वास जगाउने समय आएको बताएकी छिन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख समेत रहेकी ढकाललले जनताले पार्टी तथा सरकारप्रति गर्ने गुनासो सबैभन्दा पहिले स्थानीय तहका जनप्रतिनिधिले सुन्नु पर्ने बताइन् ।

‘जनताको पहिलो तहको आक्रोस,निराशा र गुनासाहरु तपाईंहरूसम्म आइपुग्दैनन्’, उनले भनिन् ‘हामीकहाँ त्यस्ता आक्रोश सबैभन्दा पहिला हामीसँग आउछन् । हामीले उनीहरूलाई सम्झाउने कोसिस गरिरहेका हुन्छौँ । त्यसकारण जनताको आक्रोश र गुनासो के हो भन्ने कुरा पार्टीको नेतृत्वले बुझ्न जरुरी छ ।’

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १२ : ०९ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा