मोहनमायाको तर्क- एमालेमा नेतृत्व फेर्ने बहस बेमौसमी बाजा, ओलीलाई साथ दिनुको विकल्प छैन « Khabarhub

मोहनमायाको तर्क- एमालेमा नेतृत्व फेर्ने बहस बेमौसमी बाजा, ओलीलाई साथ दिनुको विकल्प छैन


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।

बिहीबार बिहान ८ बजेबाट सुरू गर्ने भनिएको बैठक एक घण्टा ढिलो गरी सुरू भएको छ । दोस्रो बैठक साँझ ७ बजेसम्म सञ्चालन हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

काठमाडौं नेकपा एमालेकी केन्द्रीय सदस्य मोहनमाया ढकालले नेतृत्वको छनौट अब महाधिवेशन प्रतिनिधीका हातमा रहेको बताएकी छन् ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्दै ढकालले अहिले नेतृत्व परिवर्तनको बहस बेमौसमको बाजा भएको बताइन् ।

१० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको म्याद अझै १ वर्ष बाँकी रहेको, विशेष अवश्थामा ६ महिना समय थप्न सकिने विधानको प्रावधान पनि रहेकोले अहिले जथाभावी नेतृत्वको मान मर्दन गर्ने,राजिनामा गराउने भन्ने कुरा उचित नभएको ढकालको भनाइ छ ।

‘पार्टीको ११ औँ महाधिवेशन घोषणा हिजो घोषणा भइसकेको छ । त्यसपछि पनि नेताहरू अध्यक्षले राजीनामा दिनुपर्दछ भन्दै हुनुहुन्छ’, ढकालले भनिन् ‘अब कसलाई अध्यक्ष बनाउने, कसरलाई महासचिव बनाउने भन्ने कुरा महाधिवेशन प्रतिनिधिका हातमा पुगिसक्यो । महाधिवेशनअघि नेतृत्व परिवतर्न भन्ने कुरा बेमौसमको बाजा हो ।’

ढकालले अध्यक्ष ओलीले पार्टी बैठकमा राखेको विशेष प्रस्तावले वर्तमान समसामयिक राजनीति, जेन-जी आन्दोलन, यसका असर तथा भावी कार्यदिशाबारे स्पष्ट पारेकोले यसको पूर्ण समर्थन गरेर जानुको विकल्प नभएको बताइन् ।

ढकालले भदौ २४ गतेको तोडफोड र आगजनी पीडित आफू पनि भएको भन्दै यसमा संलग्नलाई कारबाहीको दायरमा ल्याउन सरकारलाई दबाब दिनु पर्ने बताइन् । पार्टीले अलग्गै आयोग बनाएर घटनामा संलग्नहरूको छानबिन गर्नुपर्ने माग उनले गरेकी छिन् ।

ढकालले पार्टीभित्र एकमना एकता गराएर कार्यकर्ताको मनोबल बढाउने र एमालेप्रति जनताको विश्वास जगाउने समय आएको बताएकी छिन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख समेत रहेकी ढकाललले जनताले पार्टी तथा सरकारप्रति गर्ने गुनासो सबैभन्दा पहिले स्थानीय तहका जनप्रतिनिधिले सुन्नु पर्ने बताइन् ।

‘जनताको पहिलो तहको आक्रोस,निराशा र गुनासाहरु तपाईंहरूसम्म आइपुग्दैनन्’, उनले भनिन् ‘हामीकहाँ त्यस्ता आक्रोश सबैभन्दा पहिला हामीसँग आउछन् । हामीले उनीहरूलाई सम्झाउने कोसिस गरिरहेका हुन्छौँ । त्यसकारण जनताको आक्रोश र गुनासो के हो भन्ने कुरा पार्टीको नेतृत्वले बुझ्न जरुरी छ ।’

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १२ : ०९ बजे

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६