अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की « Khabarhub

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताएकी छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधिमण्डलसँगको संयुक्त बैठकमा उहाँले अदालतको सेवा रोक्न नहुने धारणा राखिन् ।

काठमाडौँ जिल्ला अदालतको भवन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्थाका लागि बैठकमा छलफल भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित भवन उपलब्ध गराउन आग्रह गरेकी थिइन् । सो सन्दर्भमा प्रधानमन्त्री कार्कीले अदालतको सेवा रोक्न नमिल्ने भएकाले प्राधिकरणको भवन उपलब्ध गराउन निर्देशन दिइन् ।

प्राधिकरणले तत्कालका लागि सशर्त भवन उपलब्ध गराउने समझदारी बनेको छ । अदालत र प्राधिकरणबीच समझदारी गरी भवन उपलब्ध गराउन प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी थिइन् ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १ : ०३ बजे

राप्रपाले आज चुनावी संकल्पपत्र सार्वजनिक गर्दै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज चुनावी संकल्पपत्र सार्वजनिक गर्ने

धार्मिक महत्व बोकेको ऐतिहासिक गोरखा दरबार (तस्बिरहरू)

गोरखा– नेपाल एकीकरणको गौरवशाली इतिहाससँग जोडिएको  गोरखा दरबार धार्मिक रुपमा

आईसीसी टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै

काठमाडौं– आईसीसी टी–२० विश्वकपमा आज तीनवटा खेल हुँदैछन् । आज

आज प्रणय दिवस, प्रेम साटासाट गरेर मनाइँदै

काठमाडौं– आज विश्वभर प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ मनाइँदैछ ।