एमालेमा रोचक प्रस्ताव : नयाँ पुस्तालाई व्यस्त बनाउन शहरका चोक-चोकमा कन्सर्ट गरौँ « Khabarhub

एमालेमा रोचक प्रस्ताव : नयाँ पुस्तालाई व्यस्त बनाउन शहरका चोक-चोकमा कन्सर्ट गरौँ


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको जारी दशौँ केन्द्रीय कमिटीको दोस्रो दिन बिहीबार संगठन विभागका सचिव माधव ढुंगेलले ७ बुँदे सुझाव राखेका छन् ।

एमाले युवा नेतासमेत रहेका उनले अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा आफूलाई उभ्याउँदै अहिले नेतृत्व परिवर्तनको बहस सान्दर्भिक नहुने बताएका छन् ।

‘नेतृत्व परिवर्तन अहिलेको बहसको विषय हुनु हुँदैन। विधिसम्मत प्रतिस्पर्धा गर्ने थलो पार्टी महाधिवेशन हो, जो मिति प्रस्ताव नै भइसकेको छ’, उनले भनेका छन्, ‘सम्पूर्ण आन्तरिक समस्याको समाधानको थलो हामीले त्यसैलाई मान्नु पर्दछ ।’

ढुंगेलले आफ्नो सात बुँदे सुझावको अन्तिममा एउटा रमाइलो प्रस्ताव गरेका छन् । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि अध्यक्ष ओली नेतृत्वको सरकार ढलेको अवस्थामा युवा पुस्तालाई भुलाउन उनले नयाँ तरिका सुझाएका छन् ।

उनले आफ्नो प्रस्ताव नम्बर ७ मा नयाँ पुस्तालाई व्यस्त बनाउन सहरका चोक-चोकमा साँझको समयमा कन्सर्ट गर्नुपर्ने बताएका हुन् ।

‘पुस्ता अनसारका मद्दाहरू हन्छन्’, उनले केन्द्रीय कमिटी बैठकमा सुझाव दिँदै भनेका छन्, ‘उनीहरूलाई व्यस्त बनाउन शहरका विभिन्न चोकहरूमा साँझ कन्सर्टहरूको आयोजना गर्नु पर्दछ ।’

यस्ता छन् उनका सुझाव

क. केन्द्रीय सचिवालय बैठकमा दुई दिन, १८/२० घण्टा सघन छलफल गरी तयार पारिएको एकताबद्ध प्रस्ताव विशेष प्रस्तावको रूपमा केन्द्रीय कमिटीमा पार्टी अध्यक्षद्वारा प्रस्तुत गरेप्रति समर्थन जनाउन चाहन्छु। समाज र आम कार्यकर्ता पंक्तिले खोजेको पार्टीभित्रको जिउँदो एकता सुरु हुनलागेकोमा मेरो विश्वास व्यक्त गर्दछु।

ख. विगतमा पार्टीले सञ्चालन गरेका विभिन्न अभियानहरूलाई स्मरण गराउन चाहन्छु — ग्रासरुट अभियान, जरा अभियान, झुलाघाट–चुवा भन्ज्याङ अभियान, युवा सम्मेलन, ‘एक वडा–१० युवाको खोजी’ तथा पार्टी सदस्यको अनलाइन अभिलेखिकरण। यी अभियानहरूको उद्देश्य के थियो र हामीले ती अभियानलाई कति सार्थक बनाउन भूमिका खेलेका थियौं भन्ने एकपटक समिक्षा गर्नु जरुरी छ।

ग. भाद्र २३ र २४ का घटनाको निर्मम समिक्षा आवश्यक छ। बाह्य शक्तिको आक्रमणको आरोप उठेको भएपनि जिम्मा लिने कोही छैन र देशभित्र पनि यथोचित उत्तरदायित्व देखिँदैन। सुरक्षा अंगको भूमिका सिलसिलागत रूपमा प्रश्नगत देखिन्छ। यो आक्रमण हाम्रोविरुद्ध भएको स्पष्ट छ। मैले भर्खरका घटनाहरूमा वालेन, रवि, प्रचण्ड र अन्यले यस आन्दोलनमा पराजय व्यहोरेको महसुस गरेको छु। प्रश्न उठ्छ — जित्‍यो त को ? कांग्रेस र हामीमाथि भएको आक्रमण कहाँबाट आयो? यी सबैको प्रसङ्गगतरुपमा विशद् अनुसन्धान हुनुपर्छ।

घ. नेतृत्व परिवर्तन अहिले बहसको विषय हुनु हुँदैन। विधिसम्मत प्रतिष्पर्धा गर्ने थलो पार्टी महाधिवेशन हो, जसका मिति प्रस्तावित भइसकेका छन्। सम्पूर्ण आन्तरिक समस्याहरूको समाधान यही प्रक्रियाबाट पारित हुनुपर्छ।

ङ. नेतृत्व विकासका लागि नयाँ अवधारणा अवलम्बन गर्नुपर्छ। पेसाको अनुसार नेतृत्व विकासको संरचना तय गरि हालका केन्द्रीय नेतृत्वबाट करिब ६० प्रतिशत र नयाँ तथा युवा नेतृत्वबाट करिब ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने अवधारणा सार्वजनिक गरिनु उपयुक्त हुनेछ। केन्द्रदेखि तल्लो तहसम्म यही प्रणाली अपनाउनुपर्छ।

च. बलियो र निर्णायक नेतृत्व निर्माण हाम्रो प्राथमिक काम हुनुपर्छ। यसका लागि संविधान र लोकतन्त्रका रक्षकहरूलाई सहकार्यका लागि आव्हान गरिने र सम्वादका लागि एउटा ‘सहकार्य तथा सम्वाद कार्यदल’ गठन गरी सार्वजनिक घोषणा गरिनु चाहिँ उपयुक्त हुने छ।

छ. पेसागत अनुरूपका मद्दाहरू छन्। ती व्यक्तिहरूलाई व्यस्त बनाउन शहरका विभिन्न चोकहरूमा साँझका समयमा कन्सर्टहरू आयोजना गर्न आवश्यक छ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ३ : २६ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले