शेखरले भने- अब कांग्रेसले देशलाई नयाँ दिशा दिनुपर्छ, मंसिरमै महाधिवेशन हुनुपर्छ  « Khabarhub

शेखरले भने- अब कांग्रेसले देशलाई नयाँ दिशा दिनुपर्छ, मंसिरमै महाधिवेशन हुनुपर्छ 


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई पुनर्जीवित र एकताबद्ध बनाउन मंसिरमै नियमित महाधिवेशन हुनुपर्ने बताएका छन् ।

बिहीबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सानेपामा बोल्दै उनले मंसिर महिनामै पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने स्पष्ट माग गरे । 

कोइरालाले भने, ‘कांग्रेसलाई नयाँ दिशा र नयाँ सम्भावनाको पार्टी बनाउने हो भने मंसिरमै महाधिवेशन गर्नुपर्छ। आगामी मंसिरमा नै कार्यतालिका ल्याइनेछ भन्नेमा म विश्वस्त छु।’

जेन–जी आन्दोलनको प्रसंग उठाउँदै उनले ज्यान गुमाएका युवाहरू र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली दिए । उनले राज्यले उनीहरूलाई उचित सुविधा दिनुपर्नेमा जोड दिए ।

दोषीमाथि कारबाही होस्

कोइरालाले भदौ २३ गते राज्यबाट गरिएको अत्यधिक बल प्रयोगको कारण देशले होनहार युवाहरू गुमाएको भन्दै दोषीमाथि कडा कारबाही गर्न सरकारलाई आग्रह गरे । उनले भने, ‘दोषीलाई उन्मुक्ति दिनु न्याय र मानवताविरुद्धको काम हुनेछ।’

संविधान र राजनीतिक अवस्थाबारे

उनले अहिले देशमा राजनीतिक अनिश्चितता बढ्दै गएको छ र दक्षिण एसियामा पुनः सत्ता परिवर्तनको अस्थिर क्रम सुरु भएको बताएका छन् । उनले सात दशकको संघर्षपछि बनेको संविधान अहिले अर्धमुर्छित अवस्थामा रहेको बताउँदै भने, ‘संविधानको रक्षार्थ हामी कहाँ उभिन्छौँ, त्यसैले भविष्यको दिशा तय गर्नेछ।’

निर्वाचनका लागि पाँच सर्त

कोइरालाले सरकारले आगामी निर्वाचन निष्पक्ष र भयरहित बनाउन पाँच सर्त पूरा गर्नुपर्ने बताए ।

उनले लुटिएका हतियार नियन्त्रणमा ल्याउन, जेलबाट भागेका अपराधीलाई पक्राउ गर्न, समाजमा भयमुक्त वातावरण बनाउन, तोडफोड–लुटपाटमा संलग्नलाई कानुनी कारबाही गर्न र चुनावी वातावरण बनाउन सरकारलाई आग्रह गरे ।

कांग्रेसले नेतृत्व लिनुपर्छ

उनले कांग्रेसले देशको नैतिक र राजनीतिक स्तर उठाउन नेतृत्व लिनुपर्नेमा जोड दिए । ‘लोकतान्त्रिक मूल्यलाई जित–हारको होइन, प्रतिष्ठाको विषय बनाउन सके लोकतन्त्र बलियो हुन्छ,’ उनले भने ।

पार्टी एकता र कारबाही फिर्ता

कोइरालाले पार्टीभित्र एकता आवश्यक रहेको बताउँदै अघिल्ला वर्षका अनुशासन सम्बन्धी कारबाही फिर्ता गर्न प्रस्ताव गरे । उनले भने, ‘हाम्रो अहिलेको आवश्यकता एकताबद्ध, बलियो र समयसापेक्ष परिवर्तनशील कांग्रेस हो ।’

नेपाली कांग्रेस शब्द नभई नेपालको सभ्यता, इतिहास र लोकतन्त्रको पर्याय रहेको उनले बताएका छन् । पार्टीभित्र सहमति र अपनत्व जगाउन सके सरकार बनाउन कसैको सहारा नचाहिने उनले बताए ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ४ : २९ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले