जेन-जी आन्दोलनको भावनाअनुरूप गर्नुपर्ने काम पूरागर्न अहोरात्र खट्छु : जगदीश खरेल | Khabarhub Khabarhub

जेन-जी आन्दोलनको भावनाअनुरूप गर्नुपर्ने काम पूरागर्न अहोरात्र खट्छु : जगदीश खरेल


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन-जी आन्दोलनको भावनाअनुरूप गर्नुपर्ने काम पूरा गर्न अहोरात्र खटिने बताएका छन् । 

हरिप्रसाद कल्याणी रिमाल नाट्य प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले अबको पाँच महिनाभित्र जेन-जी आन्दोलनको भावनाअनुरूप गर्नुपर्ने काम पूरा गर्न अहोरात्र खटिने उल्लेख गरे ।

यस अवधिमा जेन-जी आन्दोलनले दिएका म्यान्डेडहरु पुरा गर्न समेत ध्यान केन्द्रित गरिने उनले बताए । उनले आफ्नो कार्यकालमा नराम्रो काम नगर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा मन्त्री खरेललाई हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कारबाट सम्मानित गरिएको थियो । त्यसैगरी ‘हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्यसङ्गीत सम्मान’बाट वरिष्ठ गायिका मीरा राणा र धिरज राई सम्मानित भएका छन् । 

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ५ : १८ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण