बैठकस्थलमा तीन घण्टा बिजुली गायब, एमालेले भन्यो- कुलमान कता हराए ? « Khabarhub

बैठकस्थलमा तीन घण्टा बिजुली गायब, एमालेले भन्यो- कुलमान कता हराए ?


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरमा बुधबारदेखि जारी दशौँ केन्द्रीय कमिटी बैठकस्थलत राजबाघ महल पार्टी प्यालेस क्षेत्रमा बिहीबार तीन घण्टा बिजुली गएको छ ।

करिब ४ सय जना नेताहरू सहभागी बैठकमा तीन घण्टासम्म बिजुली गएपछि एमालेभित्र खैलाबैला भएको छ।

केही एमाले नेताहरूले सरकारले त्यस क्षेत्रको बिजुली नियतवश सरकारले काटेकोसम्म भन्न भ्याएका छन् ।

दोस्रो दिनको बैठक समापनपछि बोल्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसलई लापरबाहीको संज्ञा दिँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले बैठक चलिरहँदा पार्टी प्यालेस क्षेत्रमा तीन घण्टासम्म बिजुली गएकाले नेता-कार्यकर्तालाई समस्या भएको गुनासो गरे ।

‘हाम्रो बैठक चलिरहेका बेला तीन घण्टासम्म बिजुली आएन’, उनले भने, ‘पहिले केहीबेर जाँदा खैलाबैला हुन्थ्यो । अहिले तीन घण्टासम्म गयो । खै कुलमानजी कता हुनुहुन्छ कुन्नि ?’

उनले यसमा सरकारको ध्यानाकर्षण नपुगेको या हेलचेक्र्याँइ गरिएको पनि हुन सक्ने गौतमले बताएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ५ : ४८ बजे

राप्रपाले आज चुनावी संकल्पपत्र सार्वजनिक गर्दै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज चुनावी संकल्पपत्र सार्वजनिक गर्ने

धार्मिक महत्व बोकेको ऐतिहासिक गोरखा दरबार (तस्बिरहरू)

गोरखा– नेपाल एकीकरणको गौरवशाली इतिहाससँग जोडिएको  गोरखा दरबार धार्मिक रुपमा

आईसीसी टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै

काठमाडौं– आईसीसी टी–२० विश्वकपमा आज तीनवटा खेल हुँदैछन् । आज

आज प्रणय दिवस, प्रेम साटासाट गरेर मनाइँदै

काठमाडौं– आज विश्वभर प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ मनाइँदैछ ।