‘चिनियाँ प्रभाव बढेसँगै दक्षिण चीन सागर हेपाहाको खेल मैदानजस्तो बन्न पुग्यो’ « Khabarhub

‘चिनियाँ प्रभाव बढेसँगै दक्षिण चीन सागर हेपाहाको खेल मैदानजस्तो बन्न पुग्यो’


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक दशकभन्दा बढीदेखि दक्षिण तथा पूर्वी चीन सागरमा चिनियाँ प्रभाव बढिरहेको छ । चिनियाँ प्रभाव बढेसँगै यो समुद्री क्षेत्र हेपाहाको खेल मैदानजस्तो बन्न पुगेको छ ।

कृत्रिम टापुको प्रयोग, तटरक्षक गस्तीमा सुस्त वृद्धि र अस्पष्ट ‘ग्रे जोन’ गतिविधिमार्फत् आफ्नो प्रभाव विस्तार गरेको चीनले अहिले खुल्लमखुल्ला आक्रामकता देखाउन थालेको छ ।

‘शान्तिपूर्ण विकास’, ‘आपसी विश्वास’, ‘मानवताको साझा भविष्यको समुदाय’ जस्ता सुमधुर सुनिने शब्दलाई चीनले आफ्नो छवि सुधार गर्न र आफ्नो अधिकार रक्षाका लागि दुरुपयोग गर्न लागेको प्रतित हुन्छ ।

दक्षिण चीन सागरको स्कारबोरो शोलमा फिलिपिनी जहाजसँग भएको झडपले चीनको गतिविधि रक्षात्मक नभइ विस्तारवादी चरित्रको रहेको देखाउँछ ।

पछिल्लो समय चीनले आफ्नो विस्तारवादी छविलाई कानुनी भाषाको आवरणमा ढाकछोप गर्दै आएको आरोप पनि लाग्ने गरेको छ । चीनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनलाई हतियारका रुपमा दुरुपयोग गर्दै आएको भन्ने आरोप पनि छ ।

राष्ट्रपति सी जिन्पिङको शासनकालमा चीनले दक्षिण चीन सागरसहित विभिन्न एक सयभन्दा धेरै स्थानका भौगोलिक नाम पनि परिवर्तन गरेको छ । चीनले नक्साको माध्यमबाट ती क्षेत्रमा आफ्नो सार्वभौमिकता विस्तार गर्ने प्रयास पनि गरिरहेको छ ।

हालै चीनले स्कारबोरो शोललाई ‘संरक्षित समुद्री क्षेत्र’ को मान्यता दिएको छ । यसमार्फत् चीनले सो विवादित क्षेत्रमा फिलिपिनी पहुँचलाई रोक्ने लक्ष्य राखेको छ । चीनले उक्त विवादित क्षेत्रलाई आफ्नो आन्तरिक मामिला बताउँदै आएको छ । यसैका आधारमा चीनले सो क्षेत्रमा बल प्रयोगलाई सामान्यीकरण गर्दै लगेको छ ।

सो क्षेत्रमा बल प्रयोग गर्ने चीनको गतिविधिले विश्वव्यापी चुनौती खडा गरेको छ । गत सेप्टेम्बरमा स्कारबोरो शोल क्षेत्रमा चिनियाँ जहाजले फिलिपिनी जहाजलाई हाइ–प्रेसर पानीको फोहोरा प्रहार गर्दै दुव्र्यवहार गरेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ६ : ५३ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले