एमाले बैठकमा नवीना लामाले भनिन् : हामी साँच्चिकै खोक्रो राष्ट्रवादमा अल्झिएका रहेछौँ « Khabarhub

एमाले बैठकमा नवीना लामाले भनिन् : हामी साँच्चिकै खोक्रो राष्ट्रवादमा अल्झिएका रहेछौँ


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेकी केन्द्रीय सदस्य नविना लामाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने बताएकी छन् ।

उनले पूर्वराष्ट्रपति भण्डारीलाई सदस्यता दिएर एमालेले साँच्चिकै देश बनाउने अभियानमा एकताबद्ध भएर लाग्नुपर्ने बताएकी छन् ।

बुधबारदेखि ललितपुरमा जारी दशौँ केन्द्रीय कमिटी बैठकमा बिहीबार बोल्दै उनले एमाले जनताको पार्टी भएकाले जनताबीचमा स्थापित हुनुपर्ने धारणा राखिन्।

लामाले साँच्चिकै एमाले बनाउनका लागि फेरि पार्टी रूपान्तरण, पुनर्गठन र पुस्तान्तरण हुनुपर्ने माग राखिन् ।

‘एमाले नेतृत्व सही सूचना र पहुँचबाट कमजोर भयो । हामीले वर्षौंदेखि उठाएका भ्रष्टाचारका मुद्दा ‘सुखी नेपाली समृद्ध नेपाल’मा रहेछन् । हामी खोक्रो राष्ट्रवादमा अल्झिएका रहेछौँ’, लामाले भनिन, ‘हाम्रा गल्ती-कमजोरीको ठोस विश्लेषण गर्नुपर्छ। पार्टी रूपान्तरण, पुनर्गठन र पुस्तान्तरण हुनुपर्छ।’

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ६ : ११ बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने