‘ताइवान र भारतबीचको स्वतन्त्र व्यापार सम्झौताबाट दुबै देशलाई लाभ’ « Khabarhub

‘ताइवान र भारतबीचको स्वतन्त्र व्यापार सम्झौताबाट दुबै देशलाई लाभ’


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताइवान र भारतबीचको स्वतन्त्र व्यापार सम्झौताबाट दुबै मुलुकले लाभ हासिल गर्ने ताइवानकी अर्थशास्त्रीले बताएकी छिन् । अर्थशास्त्री एवम् आर्थिक शोधका लागि चुङ–हुवा प्रतिष्ठानअन्तर्गत ताइवान–आशियान अध्ययन केन्द्रकी निर्देशक क्रिस्टी सुले स्वतन्त्र व्यापार सम्झौताबाट दुबै मुलुकले लाभ हासिल गर्ने बताएकी हुन् ।

उनले विश्व व्यापारमा अझ ठूलो भूमिका खेल्नुपर्ने पनि उल्लेख गरिन् । खासगरी श्रम सघन उद्योगको क्षेत्रमा भारतको भूमिका अझ प्रभावकारी हुनसक्ने बताइन् ।

ताइवानले भारतसँग हुने स्वतन्त्र व्यापार सम्झौताका लागि १० वर्षअघि नै अध्ययन गरिसकेको बताउँदै उनले ताइवान यसका लागि तयार रहेको पनि उल्लेख गरिन् ।

भारतले ताइवानतर्फ कृषि उपजको निर्यात सहज बनाउनका लागि पनि स्वतन्त्र व्यापार सम्झौता महत्वपूर्ण रहेको उनको भनाइ छ । पछिल्लो समय ताइवान र भारतबीच व्यापारिक सम्बन्ध विस्तार हुँदै गइरहेका बेला उनको यस्तो भनाइ आएको हो ।

हालैका वर्षहरुमा ताइवानी कम्पनीहरुले भारतमा लगानी बढाएका छन् । खासगरी प्रविधि, विद्युतीय सवारी, सेमिकण्डक्टरजस्ता क्षेत्रमा ताइवानी कम्पनीले भारतमा लगानी वृद्धि गरेका छन् ।

ताइवानका महत्वपूर्ण कम्पनीहरु फक्सकन, विस्ट्रन पेगाट्रनजस्ता ताइवानी कम्पनीले भारतमा लगानी गरेका छन् ।

आर्थिक वर्ष सन् २०२५ मा भारत र ताइवानबीच ११ अर्ब ८० करोड डलर बराबरको व्यापार भएको छ । यो अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले धेरै हो ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ६ : ५४ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले