‘ताइवान र भारतबीचको स्वतन्त्र व्यापार सम्झौताबाट दुबै देशलाई लाभ’ « Khabarhub

‘ताइवान र भारतबीचको स्वतन्त्र व्यापार सम्झौताबाट दुबै देशलाई लाभ’


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताइवान र भारतबीचको स्वतन्त्र व्यापार सम्झौताबाट दुबै मुलुकले लाभ हासिल गर्ने ताइवानकी अर्थशास्त्रीले बताएकी छिन् । अर्थशास्त्री एवम् आर्थिक शोधका लागि चुङ–हुवा प्रतिष्ठानअन्तर्गत ताइवान–आशियान अध्ययन केन्द्रकी निर्देशक क्रिस्टी सुले स्वतन्त्र व्यापार सम्झौताबाट दुबै मुलुकले लाभ हासिल गर्ने बताएकी हुन् ।

उनले विश्व व्यापारमा अझ ठूलो भूमिका खेल्नुपर्ने पनि उल्लेख गरिन् । खासगरी श्रम सघन उद्योगको क्षेत्रमा भारतको भूमिका अझ प्रभावकारी हुनसक्ने बताइन् ।

ताइवानले भारतसँग हुने स्वतन्त्र व्यापार सम्झौताका लागि १० वर्षअघि नै अध्ययन गरिसकेको बताउँदै उनले ताइवान यसका लागि तयार रहेको पनि उल्लेख गरिन् ।

भारतले ताइवानतर्फ कृषि उपजको निर्यात सहज बनाउनका लागि पनि स्वतन्त्र व्यापार सम्झौता महत्वपूर्ण रहेको उनको भनाइ छ । पछिल्लो समय ताइवान र भारतबीच व्यापारिक सम्बन्ध विस्तार हुँदै गइरहेका बेला उनको यस्तो भनाइ आएको हो ।

हालैका वर्षहरुमा ताइवानी कम्पनीहरुले भारतमा लगानी बढाएका छन् । खासगरी प्रविधि, विद्युतीय सवारी, सेमिकण्डक्टरजस्ता क्षेत्रमा ताइवानी कम्पनीले भारतमा लगानी वृद्धि गरेका छन् ।

ताइवानका महत्वपूर्ण कम्पनीहरु फक्सकन, विस्ट्रन पेगाट्रनजस्ता ताइवानी कम्पनीले भारतमा लगानी गरेका छन् ।

आर्थिक वर्ष सन् २०२५ मा भारत र ताइवानबीच ११ अर्ब ८० करोड डलर बराबरको व्यापार भएको छ । यो अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले धेरै हो ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ६ : ५४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार