ड्रिम टू प्ले टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई « Khabarhub

ड्रिम टू प्ले टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा आयोजना गरेको ड्रिम टू प्ले प्रतियोगिताको अन्तिम दिनका खेलहरू सकिएसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेर मोरङले उपाधि जितेको छ । 

सिंगल राउण्ड रोबिन लिग फर्म्याटमा खेलाइएको प्रतियोगितामा मोरङले सबै चार खेलमा स्पष्ट नतिजासहित ८ अंक बटुलेको थियो । 

त्यस्तै झापा, सुनसरी र इलामले क्रमशः ६, ४ र २ दुई अंक बटुलेका थिए भने आफ्ना सबै खेलमा हार बेहोरेको उदयपुर भने अंक तालिकाको पुछारमा रह्यो।

प्रतियोगितामा कुल ११ विकेट लिएका मोरङका प्रेम कुमार कामत बेस्ट बलर घोषित भए । प्रतियोगिताभर १६ ओभर बलिंग गरेका कामतले २.५० को इकोनोमीमा २ मेडन सहित जम्मा ४० रन खर्चिएका थिए । 

त्यस्तै, १२१.५ को स्ट्राइक रेटमा ४ छक्का र १३ चौका सहित कुल १३० रन बनाएका सुनसरीका आकाश सर्राफ प्रतियोगिताकै उत्कृष्ट ब्याटर घोषित भए । 

प्लेयर अफ द टुर्नामेन्टको उपाधि भने इलामका लव कामतले पाए। उनले कुल १६ ओभरको बलिंग स्पेलमा ४० रन खर्चिँदै ७ विकेट लिएका थिए जसमा ६५.४ को स्ट्राइक रेट र २.५० को इकोनोमी रहेको थियो ।

कुल १० खेल भएको प्रतियोगितामा ७२ जना खेलाडीहरू सहभागी भएका थिए । प्रतियोगितामा कुल १३९५ रन बनेका थिए भने जम्मा १६० विकेट खसेका थिए। २२ ओभर मेडन जाँदा ४६ छक्का र ९९ चौका बर्सिएका थिए भने दुई वटा अर्धशतक बनेका थिए ।

गत असोज २४ गतेबाट सुरु भएको प्रतियोगिताको हिजो सम्पन्न अन्तिम दिनको पहिलो खेलमा मोरङले इलामलाई एक विकेटले पराजित गरेको थियो । सुरुमा ब्याटिङ गर्न उत्रिएको इलामले सबै विकेट गुमाएर ८६ रनको योगफल तयार पारेको थियो । मोरङले ८७ रनको लक्ष्य एक विकेट बाँकी रहँदै पछ्याउन सफल भयो । ४ ओभरको स्पेलमा १४ रन खर्चिएर ५ विकेट लिएका प्रेम कुमार तामाङ प्लेयर अफ द म्याच चुनिएका थिए ।

त्यस्तै, दिनको दोस्रो खेलमा झापाले सुनसरीलाई तीन विकेटले पराजित गर्‍यो । सुरूमा ब्याटिङ गर्न उत्रिएको सुनसरीले ९ विकेट गुमाएर केवल १२४ रन बनाएको थियो । प्लेयर अफ द म्याच चुनिएका दीपु भुषालले तीन चौकाको मद्दतले ४६ बलमा ४२ रन बनाएका थिए । 

यस क्रिकेट प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरंग, सुनसरी, उदयपुर र इलाम गरी पाँच जिल्लाका अण्डर-२३ टिमहरूले एक आपसमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता सम्पन्न भएकोमा आयोजकले यस मार्फत् उदयीमान खेलाडीहरूका लागि प्रतिभा प्रदर्शन गर्ने र आफ्नो क्रिकेट सपनालाई साकार बनाउने प्लेटफर्म मिलेको बताए । 

प्रतियोगितामा उच्च प्रदर्शन गरेका युवा खेलाडीहरू अब विराटनगर किंग्सको डेभलपमेन्ट स्क्वाडमा बसेर टिमसँगै अभ्यासमा सहभागी हुनेछन् । यसका साथै उनीहरूले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अनुभव प्राप्त खेलाडीहरूसँग अभ्यास गर्दै आफ्नो खेल कौशल विकास गर्ने र व्यावसायिक खेल जीवन अगाडी बढाउने विभिन्न अवसरहरू प्राप्त गर्ने छन् ।

डेभलपमेन्ट स्क्वाडमा छानिएका मध्ये एकजना खेलाडीले आसन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सको मुख्य स्क्वाडमा स्थान बनाउने विशेष अवसर पाउने छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ७ : ०० बजे

चुनबाङबाट प्रचण्डको चेतावनी- ‘देश जलाउने र कुशासन गर्नेहरू हार्नेछन्’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा

चिया उद्योगलाई आधुनिक र प्रतिस्पर्धी बनाउने चीनको नयाँ रणनीति

एजेन्सी– चीनले २०३० सम्म आफ्नो चिया उद्योगलाई कुल १.५ लाख

महाशिवरात्रि : गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध

काठमाडौं– काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने

सामाजिक सञ्जालका प्रतिक्रिया मतदानको आधार हैन : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया र विभिन्न चुनावी

‘विपद्मा एपीएफ अस्पतालको भूमिका सराहनीय छ’

काठमाडौं– नेपाल एपीएफ अस्पतालले विपद्का समयमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै